निजगढ । निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले निजगढलाई सफा र हरित शहरको रुपमा स्थापित गर्न सबै पक्षको सुझाब र सहयोग आवश्यक रहेको बताउनु भएको छ । निजगढ नगरपालिकाको सभाहलमा आयोजित अभिमुखीकरण तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खनालले सो कुरा बताउनु भएको हो ।
ग्रीन एण्ड क्लीन सीटी सर्भिसेस मकवानपुरको आयोजनामा बिहिबार आयोजित एकीकृत तथा दीगो फोहोर व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख खनालले निजगढलाई स्वच्छ र सफा बनाउन नगरपालिका एक्लैले भन्दा जनताको समेत साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । फोहोरको उचित व्यवस्थापन र नगरको सुन्दरता बढाउन सबैको भुमिका अहम हुने उहाँले बताउनु भयो ।
फोहोरको उचित व्यवस्थापन र नगरको सुन्दरता बढाउन पिपिई मोडेलमा ठेक्का लगाई काम शुरु भएकोले नदी कट्टा तोकिएकै स्थानमा डम्पिङ्ग साईडमा फोहर फाल्नु पर्ने बताउदै खनालले फोहर ब्यबस्थापनमा जनताको गुनासो नआउने गरी काम हुनु पर्नेमा निर्देशन समेत दिनु भयो ।
नगरका तर्फबाट गर्ने काममा कुनै कमी आउन नदिने बताउदै खनालले ग्रीन एण्ड क्लीन सीटी सर्भिसेस मकवानपुर कम्पनीको तर्फबाट जनताको समस्या समाधान गर्न निजगढमा कार्यालय र फोकल ब्यक्ती राख्नु पर्नेमा जोड दिनु भयो । कार्यालय नहुदा जनताको समस्या समाधानमा ठिलाई हुने भएकाले कार्यालयनै स्थापना गरी काम गर्न निर्देशन दिनु भयो ।
नागरिकको स्वास्थ्यलाई ध्यान दिंदै नगरपालिकाले कालो झोलाको प्रयोगमा बन्देज लगाएको बताउनुहुँदै खनालले प्लास्टिकजन्य पदार्थको विकल्प समेत खोजिरहेको बताउनुभयो। कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सफा र सुन्दर सहर बनाउन सबैको सहयोग आबश्यक हुने बताउनु भयो ।
कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष केशब ढोडारी, सुचना अधिकृत रबिन घिमिरे लगायतले मन्तब्य ब्यपत ब्यक्त गर्नु भएको थियो । ग्रीन एण्ड क्लीन सीटी सर्भिसेस मकवानपुरका प्रशिक्षक बिक्की महर्जनले सहभागी वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई फोहोर व्यवस्थापनका समस्या र चुनैति र कार्यक्रमलाई कसरी प्रभाबकारी बनाउने भनेरे प्रशिक्षण समेत दिएका थिए । कार्यक्रममा सहभागिहरुले कार्यक्रममा कायक्रमलाई जनस्तरसम्म लैजान ब्यापक प्रचारप्रसार, फोहर ब्यबस्थापन बारे कडा ऐन कानुन बनाई कमी कमजोरी गर्ने उपर कार्वाही , कम्पनीको काम कार्वाही नियमित अनुगमन र फोहर पुनरोत्थान गर्ने खालका उद्योग स्थापनामा नगरको ध्यान जान जरुरी रहेको बताए ।