सिकेन्द्र पासवान
बारा । ६६ औ प्रहरी दिवशको अवसर पारेर बाराका ३१ जना अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले अमर प्रहरीका ३ जना प्रहरी नायव निरिक्षक, ७ जना प्रहरी हवलदार र २१ जना प्रहरी जवानका परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको हो ।
त्यस्तै शान्ति, सुरक्षा, कायम गर्ने सन्दर्भमा, समाजिक बिकृति बिसंगति बिरोधमा सहयोग गर्ने लगायतका कामकाजमा प्रहरीलाई सहयोग गर्ने २१ जना ब्यतिmहरुलाई समेत प्रहरी दिबशमा कदरपत्र सहित सम्मान गरिएको छ ।
प्रहरी संगंठनमा उत्कृष्ट काम गर्ने प्रहरी निरिक्षक, प्रहरी नायव निरिक्षक, प्रहरी सहायक निरिक्षक, प्रहरी हवल्लदार, जवानलाई प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले पुरुस्कृत समेत गरेको प्रहरी प्रवतmा गौतम मिश्रले बताए ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरुलाई, राजनितिक दल, समाजिक अगुवा, नागरिक समाज, निजी बिद्यालय, उद्योगी, ब्यापारीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कटुवालले जनतालाई शिरमा राखेर काम गर्र्न प्रहरीहरुलाई निर्देशन दिएका थिए । शान्ति सुरक्षा वहाल गर्ने सन्दर्भमा कसैसंग कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता ब्यतm गर्दै प्रजिअ कटुवालले कुनै प्रकारको मनमा भय, डर, त्रास नराखी ढुक्कसंग आफनो कर्तब्यपालन गर्न आग्रह गरे । अमर प्रहरीहरुले देशका लागि आफनो ज्यान उत्सर्ग गरेका हुदा आज प्रहरीहरुको शिर उच्चो भएको बताउदै प्रजिअ कटुवालले शोकलाई शतिmमा बदल्नका लागि परिवारहरुले उच्च मनोवलका साथ अगाडी बढनुपर्ने बताउनु भयो ।
चोरी, तस्करी, बलात्कार, बिभिन्न प्रकारका हिंसा,लागु औषध नियन्त्रण,रक्सी भठी नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन लागि परेको समेत उनले बताए । जिल्लामा शुसासन कायम गर्दै भष्टाचारलाई न्यूकरणका लागि पनि आफुहरु लागि पर्ने प्रजिअ कटुवालले बताए ।
प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व प्रहरी संगठन बाराका अध्यक्ष यज्ञनन्द दुवेदी, एकीकृत महिला संजाल बाराकी अध्यक्ष बबिता जसवाल, सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव जंगबहादुर यादव, बारा उधोगा बाणिज्य संघका अध्यक्ष राजकुमार साह, पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिबारी, नेपाली काग्रेसका महासमिति सदस्य लुकेश सिह, नेकपा माओवादीका यूवा नेता मुकेश साह, नेकपा समाजवादी पार्टिका जिल्ला सचिव बिक्रम ठाकुर, जसपाका अध्यक्ष अजय पटेल , राप्रपाका भरत बहादुर मल्ल लगायतकाले शुभकामना ब्यतm गरेका थिए । ६६ औ प्रहरी दिवसकै अवसरमा रतmदान कार्यक्रम समेत गरेका छन ।