निजगढ । चाडपर्व नजिकिएसगै बारामा लागुऔषधको कारोबार बढदै गएको छ । लागु औषधको बढदो कारोबार नियन्त्रण गर्ने क्रमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट खैरो हिरोइन र लागुऔषध गाँजासहित ५ जनालाई नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय निजगढले खैरो हिरोइन र लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिकाबाट गाँजा सहित एकजनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय निजगढले निजगढ– ७ माझीटोल बस्ने २८ बर्षीय लोकबहादुर रानामगर, ३१ बर्षीय रबि तमाङ, वडा नम्बर ६ बस्ने ३४ बर्षीय दिनेश थापा र ४५ बर्षीय मेघराज तिमल्सिनालाई सोमबार साँझ पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट पुगेको प्रहरी टोलीले माझीटोलस्थित लोकबहादुर रानामगरको घरमा छापामारी गर्दा नुरफिन ८४ पिस, डाइजोपाम ८४ पिस, फिनारगन ८४ पिस र खैरो हिरोइन १ ग्राम २० मिल्लीग्राम लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको इलका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए।
त्यसैगरी ईलाका प्रहरी कार्यलय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिल्वा निवासी वर्ष ४७ को ईसरायल मिया अंसारीको घरमा लुकाइछिपाई राखेको लागुऔषध गाँजा ११ किलो बरामद गरेको छ ।
मियाको घरमा सोमबार राती खानतलासी गर्दा खांट मुनि बाल्टिनमा लुकाइएको अवस्थामा लागुऔषध गाँजा बरामद गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।