बडादशैं बिहीबार घटस्थापना जमरा राखेर शुरु, साइत ११ः४६ बजे

तराइ संचार
तराइ संचार 1.6k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । हरेक बर्ष झै यस वर्षको आश्विन शुक्ल प्रतिपदादेखि सुरुभएको नेपालीहरुको महान् पर्व बडादशैं बिहीबार घटस्थापना जमरा राखेर शुरु भएको छ । बडादशैंको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ । विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरेर विधिपूर्पक जमरा राख्ने गरिन्छ ।

घटस्थापनाको साइत ११ः४६ बजे
आज बिहिबार विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरि घटस्थापना राखेर दशै शुरु गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

बिहीबार घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको समितिले जनाएको छ । दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाको साइतअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर घटस्थापना गर्नुपर्छ । चित्रा र वैधृति योग परेका बेला त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।

शेयर
प्रतिक्रिया
Skip to content