अमेरिकी विदेश मन्त्रालयले यो बर्षका लागि डाइभर्सिटी भिसा अर्थात डीभि आवेदन खुल्ला गरेको छ । अमेरिकाले सन् २०२३ का लागि डिभी चिट्ठा बुधबार बेलुका ९ः४५ देखि खुल्ला भएको अमेरिकी विदेश मन्त्रालयलले सुचना जारी गरी जनाएको छ । डिभी कार्तिक २३ गते राती १२ बजेसम्म भर्न सकिन्छ । अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत विभन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा भर्दै आएका छन् । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । पछिल्ला ५ वर्षमा ५० हजारभन्दा कम मानिसहरु आउने मुलुकका लागिमात्र यो कार्यक्रम उपलब्ध छ । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिठ्ठा कार्यक्रम उपलब्ध छैन ।
डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ। डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ। डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ ।
ध्यान दिनुपर्ने कुरा
– डीभी भर्न शैक्षिक योग्यता १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव अनिवार्य छ ।
– ६ महिनाभन्दा पुरानो फोटो डीभी भर्दा प्रयोग नगर्ने ।
–आफ्ना विवरण र कागजात जाँचबुझ गरेर अपलोड गर्ने । नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु सही भर्ने ।
(डीभी भर्दा विवाहितले दम्पती र सन्तान भए फारम भर्दै विवरण राख्ने ।
– आधिकारिक वेवसाइटबाटमात्र डीभी भर्ने ।
– पटक पटक आवेदन भर्ने भूल नगर्ने ।
कसरी भर्ने डिभी ?
अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डिभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ ।
https://dvprogram.state.gov/?fbclid=IwAR0-QvNbKyLRX5t8iwuDc0bCDuM66Xb6uyNVB8dqYBEZbAnqCeA8MSuMkx4
त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ । डिभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डिभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डिभी चिठ्ठा परे/नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।
यदी डिभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।
त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए/नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ ।
तर, आवेदकको सबै विवरण सही भएपनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डिभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । अमेरिकाले डिभी परेका करिव ४० प्रतिशतलाई मात्रै भिसा दिने गरेको बताइन्छ ।
छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि तपाईलाई आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुन्न । तर, भिसा पाएपछि भने अमेरिका यात्राको बाटो खुला हुन्छ ।
https://dvprogram.state.gov/application.aspx