निजगढ । आश्विन शुक्ल प्रतिपदादेखि शुरु भएको बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा निजगढ बजार स्थित बुद्धचोकमा रहेको दुर्गा मन्दीरमा बिहीबार विधिवत रुपमा घटस्थापना गरिएको छ । बिजयादशमी घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेर जमरा राखिएको छ ।
बिहिबार बिहान ११ बजेर ४६ मिनेटमा नगरप्रमुख सुरेश कुमार खनालले दुर्गा मन्दिरमा पुजा आराधना गर्नु हुदै वैद्धिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्नु भएको हो । दशैको पहिलो दिन आज शैला पुत्रीको पूजा आराधना गरिंदैछ ।
यस अघि नगरप्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेले बिजया दशमीकोको उपलक्ष्यमा नगरवासीलाई शुभकामना दिदै कोरोनामा सचेत भएर चाडपर्व हर्सौउल्लासकासाथ मनाउन आग्रह गरेका थिए । त्यसैगरी कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादब , महागढीमार्य नगरपालिकाका नगरप्रमुख उपेन्द्रय यादब , सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादब लगायतले शुभकामना ब्यप्त गरेका थिए ।