पाँच दलीय गठबन्धन सरकारमा बाराबाट तीन मन्त्री

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 714 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन सरकारमा बाराबाट तीन मन्त्रीले प्रतिनिधित्व गर्ने भएका छन् ।

 

बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य नेपाली काग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी नौ नंम्बर बरियतामा खानेपानी मन्त्री


नेपाली काग्रेसबाट प्रतिनिधित्व गर्दै बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पुर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरी यस पटक सरकारको नौ नंम्बर बरियतामा खानेपानी मन्त्री बनेका छन् ।

काग्रेसको ‘तेस्रो धार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट मन्त्री बनेका चौधरीलाई मन्त्री नबनाउन जिल्ला र पार्टीबाटै दबाब आएको भएपनि सिटौला समूहबाट मन्त्री बनेका हुन ।

पूर्वस्वास्थ्यमन्त्री चौधरी बारा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले २०७४ मा सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीलाई दुई हजार चार सय २० मतले पराजित गरेका थिए । चौधरीले २४ हजार चार सय ५० मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी मैनालीले २२ हजार ३० मत पाएका थिए । नेता चौधरी यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री र कृषि तथा सहकारी सहायक मन्त्री भईसकेका छन् ।

चौधरी नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा सिटौला समुहबाटै कोषाध्यक्षको उम्मेदवार भएका थिए । सासद चौधरीको स्थायी ठेगाना बाराको बारागढि गाउँपालिका बेल्वा हो ।

बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य  जनता समाजवादी पार्टी (जसपा)का महासचिब रामसहाय यादव वन तथा वातावरण मन्त्री


त्यसैगरी बाराको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य रामसहाय यादव वन तथा वातावरण मन्त्री बनेका छन । जनता समाजवादी पार्टी (जसपा)का महासचिब समेत रहेका यादब बाराको निर्वाचन क्षेत्र नं. १ हाल सिम्रौनगढ नगरपालिका वडा नं. ९ साविक कर्चोवा ८ निवासी यादब शिक्षण पेशा छाडेर राजनितिमा लागेका हुन । सबिधान सभा सदस्य समेत रहेका यादब पहिलोपटक २० औ नम्बरमा मन्त्री बनेका हुन ।

निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदबारी दिएका यादबले नेपाली काग्रेसका नेता राधेचन्द्र यादबलाई दोब्बर मत अन्तरले पराजित गरेका थिए । मधेशी जनअधिकार फोरमको स्थापनाकाल देखिनै मधेश आन्दोलनमा लागेका यादव सालिन तथा बौद्धिक स्वभावकाकारुपमा चिनिने सिम्रौनगढ क्षेत्रका स्थानीय सञ्चारकर्मी लक्ष्मी साहले बताए ।

 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ (किसान)

त्यस्तै नेकपा एकिकृत समाजवादीबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ (किसान) भएका छन । शुरुमा पुर्व प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र रहेका श्रेष्ठ एमाले फुटपछि नेकपा एकिकृत समाजवादीमा आएका हुन । तनहुबाट प्रतिनिधि सभामा बिजयी श्रेष्ठको हालको बसाई बारा क्षेत्र नं. ४ सिमरा बारा हो । स्थायी घर तनहु भएपनि क्लासिक प्लाजा होटल सिमरा, ग्यास उद्योग लगायत विभिन्न क्षेत्रमा बारामा लगानी गरेका श्रेष्ठ २१औ नब्बरका मन्त्री बनेका हुन । पछिल्लो समय श्रेष्ठले सिमरालाई कर्मक्षेत्रकोरुपमा उभ्याउदै आएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content