सुनको मूल्य आज आइतबार ६ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो शुक्रबारको भन्दा ६ यसले कमी हो ।
अघिल्लो हप्ता लगातार ३ दिन घटेको सुनको मूल्य शुक्रबार ८ सयले बढेको थियो । मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो । विहिबार पनि सुन १२ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि आज प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१५० रुपैयाँमा कारोबार भइरहेको छ।