लागु औषध सहित दुई भारतीय पक्राँउ

तराइ संचार
तराइ संचार 786 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । लागु औषध सहित बारा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राँउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा न.७ स्थित वीरगंज–पथलैया सडक खण्डमा बिरगंजबाट काठमाण्डौ जान हिडेको ना.६ ख ६३७७ न.को यात्रु बाहक बसमा चेकजाँच गर्ने क्रममा उनीहरु प्क्राउ परेका हुन ।

डस्नाभित्र लुकाई छिपाई ल्याउदै गर्दा लागू औषध सहित भारत बिहार पुर्बी चम्पारण मोतिहारी सिसुवा बस्ने बर्ष २९ को मुन्ना कुमार, सोही ठाँउ. बस्ने बर्ष ३५ को मुनिलाल कुमारलाई पक्राँउ गरिएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए । उनीहरुकोले डसनामा लुकाएका डाईजेपाम ६ सय पिस ,फेनारगन ६ सय पिस, नुफिम ६ सय पिस बरामद गरिएको प्रवतmा मिश्रले बताए । पक्राँउ परेकाहरुलाई अदालतबाट म्याद लिई थप अनुसंन्धान भईरहेको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content