रतनपुरलाई स्तरउन्नती गरी प्राथमिक स्वास्थ्य केन्द्र बनाईने –नगरप्रमुख खनाल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 998 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरका नगरप्रमुख सुरेश कुमार खनालले रतनपुर स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नती गर्न पहल गर्ने बताउनु भएको छ । निजगढको रतनपुर स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुदै नगरप्रमुख खनालले सो कुरा बताउनु भएको हो । निजगढ वडा नम्बर ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पताल निर्माण भईरहेकोले रतनपुर स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य चौकीमा स्तरोन्नति गर्न पहल अघि बढाएर यस क्षेत्रको स्वास्थ्य समस्या समाधान गर्ने उहाने बताउनु भयो ।

नगर प्रमुख खनालले नागरिकको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम र योजना फलदायी भएको समेत बताउनु भएको छ । स्थानीय सरकार गठन हुनुभन्दा अघिको अवस्था र स्थानीय सरकार गठन भए पछीको नगर क्षेत्रको स्वास्थ्य सुरक्षा अवस्थामा उल्लेख्य प्रगति भएको उहाले बताउनु भयो । नगरपालिकाले न्युनतम शुल्कमा स्वास्थ्य परिक्षण गर्नको लागि प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा आधुनिक ल्याबको व्यवस्था, बिभिन्न रोगका औषधिहरुको निशुल्क व्यवस्था, प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा संचालित सर्पदंश उपचार केन्द्रको प्रभावकारीता, निजगढ र रतनपुरमा बर्थीङ सेन्टर संचालन, नगरका वडाहरुमा स्वास्थ्य क्लिनिक संचालन, विद्यालयका शिक्षक र विद्यार्थीहरुको लागि सामुदायिक विद्यालयहरुमा स्वास्थ्यकर्मिको व्यवस्था, नगरस्तरीय अस्पताल निर्माण लगायत स्वास्थ्य सुरक्षाको लागी आवश्यक अन्य योजना र व्यवस्थापनका कारण नगर क्षेत्रका नागरिकहरुलाई सहजता भएको नगरप्रमुख खनालले बताउनुभयो ।

ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षामा पंहुच पुरयाउनको लागी रतनपुर स्वास्थ्य चौकीमा आवश्यक उपकरण सहित स्वास्थ्यकर्मी, एम्बुलेन्सको पनि व्यवस्था गरेको नगरप्रमुख खनालले बताउनु भयो ।

 

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालले नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम मार्फत महिलाहरुको प्रजनन प्रणालीमा सुधार आएको बताउनु हुदै कार्यक्रमलाई थप व्यवस्थित बनाउन नगरपालिकाले प्रयास गरिरहेको बताउनु भयो ।

भवन उद्घाटन कार्यक्रममा भवन निर्माणका लागी जग्गा दान गर्ने जग्गादाता लगायत भवन निर्माणमा सहयोग गर्ने स्थानीयलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य ब्यबस्थापन समितिका अध्यक्ष प्रेम ब. रुम्बा, जिल्ला स्वास्थ्य प्रमुख राम नरेश यादव, स्वास्थ्य संयोजक रमेश लामा, योजना अधिकृत पदमराज तिमिल्सिना, वडा नं. १२ का अध्यक्ष ज्ञान बहादुर गोले नगरकार्यपालिका सदस्य पवन बिक लगायतको उपस्थिती रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content