नेपाली काँग्रेस एकाई समितिको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ रामनगर टोलमा शनिवार शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दशैको अवसर पारेर नेपाली काँग्रेस एकाई समितिका सभापति सुरेन्द्र जसवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस जिल्ला कोषाअध्यक्ष चन्द्रशेखर यादवले नेपाली काँग्र्रेस पार्टीलाई एकता वद्ध भई अगाडी बढाउनका लागि माता दुर्गाले सबैलाई सदबुद्धि प्रदान गरोस भन्ने कमना ब्यतm थिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति एवम सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादवले बिगतका कुराहरुलाई मनबाट हटाई नेपाली काँग्रेसलाई बलियो बनाउनका लागि सहमति, सहकार्य एकतावद्ध भई अगाडी बढनमा माता दुर्गाले हामी सबैमा जोस जागर प्रदान गरुन भनी कमना गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य उपेन्द्र जसवाल , रामनरेशकान्त कुसवाहा, जिल्ला सदस्य मोहन कुसवाहा, सिम्रौनगढ नगरपालिका नेपाली काँग्रेसका नगरसभापति नागेन्द्र साह, पुर्व गाबिस अध्यक्षहरु कृष्णदेव जसवाल, प्रेमलाल यादव लगायतका नेताहरुले शुमकामना सटासाट गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content