नबराज चौलागाई
निजगढ । नेपाली काग्रेस निजगढ नगर कार्य समितिका सचिव आशिष तामाङले वडा नं. ९ का विपन्न नागरिकहरुलाई कपडा वितरण गर्नुभएको छ ।
तामाङले वडा नम्बर ९ स्थित गणेश नगर टोलका आर्थिक विपन्न ३० घर परिवारलाई विजया दशमीको अबसर पारेर नँया कपडा वितरण गर्नु भएकोहो ।
गणेश नगर टोल बिकास संस्थाको समन्वयमा विपन्न घरपरिवार छनोट गरी कपडा वितरण गरिएको नगर सचिव तामाङले बताउनु भयो । दशैमा आर्थिक अवस्था कमजोर भएकाहरुको लत्ता कपडा नभई निरास भई रहेको अबस्थामा उनीहरुको घरमा पनि खुशियाली होस भन्नका लागि कपडा वितरण गरिएको तामाङले बताउनु भयो । कपडा प्राप्त गरेपछि खुशियाली व्यक्त गर्दै स्थानीय विपन्नहरुले दशैको लागी थोरै मात्रै भएपनि राहत भएको जनाएका छन ।
उनीहरुले कोरोना महामारी र अहिलेको अबस्थामा गरिबहरुलाई दशै भन्दापनि दशा भईरहेको समयमा भएको सानै सहयोग पनि ठुलो भएको बताए ।