बारा — प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार १५ दिनयता दसैं अवधिमा ३ सय ८५ सवारी दुर्घटनामा परेका छन् । प्रदेशका ८ वटै जिल्लामा भएको सवारी दुर्घटना हुँदा ४० जनाको ज्यान गएको छ । दुर्घटनामा १ सय ६ जना गम्भीर घाइते भएर उपचाररत रहेको समेत बताएका छन् । त्यसैगरी ३ सय २ जना सामान्य घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका ट्राफिक प्रहरी नायब उपरीक्षक सन्तु जयसवारका अनुसार सवारी साधनको बढ्दो चाप, बिग्रेको सडक, ट्राफिक नियमको पालनामा कमी, मादक पदार्थ सेवनपछि लापरबाही पूर्वक गाडी चलाउने प्रवृत्तिले मानवीय क्षति बढिरहेको बताए ।
अधिकांश सवारी दुर्घटना तीव्र गति र सडक खराबीका कारण हुने गरेको छ । चाडपर्वको समयमा मादक पदार्थ सेवन समेत गरी सवारी चलाउँदा समेत दुर्घटना बढेका हुन । लापरबाही नहुने र सडक व्यवस्थित भए दुर्घटना न्यूनीकरण हुने गर्दछ । सडकमा जथाभावी खाडल भएका कारण पनि दुर्घटना बढेका हुन् ।