यस वर्ष सरकारले कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 900 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

यस वर्ष सरकारले कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ ।

प्रत्येक वर्ष कात्तिक ३ र ४ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै आएको सरकारले यो वर्ष दशैंको विदा पर्न गएकोले ४ दिन ढिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन र कोरोना संक्रमणको जोखिम कायमै रहेकाले खोप केन्द्रमा जाँदा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content