कलैया । बाराको सदरमुकाम कलैयामा रहेको एक बिद्यालयले चलीरहेको परीक्षा स्थगित गरी लवण्डा नाच र सांस्कृतिक कार्यक्रम गरेपछि चौतर्फी बिरोध भएको छ ।
चली रहेको प्रथम त्रैमासिक परीक्षा अन्र्तगतको आज बुधबारको गणित विषयको परीक्षा स्थगित गरी सामुदायिक विद्यालयमा लवण्डा नाच र सांस्कृतिक कार्यक्रम भएपछि बिरोध भएको हो ।
कलैया उपमहानगरपालिका वडा नम्बर–१२ सितलपुर टोलस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक लगायत ब्यबस्थापन समितिको यस्तो निर्णयको अभिभावकहरुले चर्को बिरोध गरेका छन् ।
कातिक ७ गतेदेखि विद्यालयमा सुरु भएको परीक्षा नसकिदै बिद्यालयले परिक्षा रोकेर लवण्डा नाच र सास्कृतिक कार्यक्रमका लागि बिद्यालय बन्द गरेर नाचगान गरेको हो ।
आज बुधबार मात्र प्रथम त्रैमासिक परीक्षा स्थगित गरी सांस्कृतिक कार्यक्रम भइरहेकाले परीक्षा नै प्रभावित भएको अभिभावकले बताएका छन् ।
मनोरञ्जनका कार्यक्रम पनि गर्ने समय हुन्छ दशै पछि खुलेर शुरु भएको परिक्षा रोकी बिद्यालयनै बन्द गरी नाचगान गर्ने प्रधानाध्यापक माथि कार्वाही हुनु पर्ने स्थानीयले बताएका छन् । पठन पाठन र परिक्षा भन्दा मनोरञ्जन गर्न छुट दिने प्रधानाध्यपकले कसरी बालबालिकाको भविष्य सुनिश्चत गर्न सक्छन प्रश्नको बिषय भएको छ । परीक्षा स्थगित गरी विद्यालय परिसर भित्र सांस्कृतिक कार्यक्रम गराइएको अभिभावक मुनीलाल यादवले बताउनुभयो ।
परीक्षा अघि वा परीक्षा सकेपछि पनि कार्यक्रम गर्न सकिने भएपनि परिक्षा रोकेर बिद्यालयनै बन्द गर्ने कार्य दुर्भाग्य भएको अभिभावकहरुले बताएका छन् ।
आज हुने गणित विषय बिहीबार परीक्षा गरिने नगर शिक्षा समिति सदस्यसमेत रहेका विद्यालयका प्रध्यानाध्यापक राजकिशोर सहनीले बताउनुभयो ।
द्यबाबमा बिद्यालय बन्द गरेको सिंहले बताउदै दिउँसो ११ बजेदेखि १ बजेसम्म जारी परीक्षामा यस विद्यालयका कक्षा एकदेखि आठ कक्षासम्म करिब तीन सय २० जना छात्रछात्राको परिक्षा प्रभावित उनले बताए ।
विद्यालय परिसरभित्र नै मुआमाईको मन्दिर रहेको तथा केही दिन अघि मुआमाईको मेलामा मनोरञ्नजनका लागि ४० हजार रुपियाँमा कार्यक्रम राखिएको थियो ।
लगातार वर्षाको कारण सो मेलामा नाच हुन नसकेपछि परीक्षा स्थगित गरेर नाचगानका लागि बिद्यालय बन्द भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ प्रसाद यादवले स्वीकार गर्नुभयो ।
चली रहेको परीक्षा स्थगित गरी बिद्यालय बन्द गर्नु ठुलो गल्ती भएको कलैया उपमहानगरपालिका वडा नम्बर–१२ का वडा अध्यक्ष राजेश्वरप्रसाद केशरीले बताउनु भयो ।
चली रहेको परीक्षा स्थगित गरी बिद्यालय बन्द गर्नु गलत रहेको बताउदै विद्यालयमा परीक्षा स्थगित नगरी रातको समयमा गर्न सुझाव दिए पनि बेवास्ता गरेको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले बताउनु भयो ।
स्थानीयले गैर जिम्मेबार प्रधानाध्यापक र सम्बन्धित पक्षलाई कार्वाहीका लागि माग गरेपनि कार्वाही के हुन्छ हेर्न बाँकी छ ।