आगामी निर्वाचनमा कांग्रेसको बहुमत – पूर्व मन्त्री मंसुर

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 790 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । आउंदो तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसको प्रष्ट बहुमत आउने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमूल्लाह मंसुरले बताउनु भएको छ ।
नेपाली कांग्रेस जितपुर सिमरा उपमहानगरपालिका वडा नं। १२ ले शुभ दिपावली तथा छठपर्वको अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै पूर्वमन्त्री मंसुरले यस्तो बताएका हुन ।

पूर्वमन्त्री मंसुरले नेपाली कांग्रेसको बहुमतको सरकार बन्न कसैले रोक्न नसक्ने समेत बताउनु भयो । नेपाली कांग्रेसको पक्षमा जनमतको लहर आएको बताउदै मन्सुरले आंउदो तिनै तहको निर्वाचनमा नेपाली सबैभन्दा ठुलो पार्टी बनेर बहुमतको सरकार बन्ने ठोकुवा गर्नुभयो ।

पूर्वमन्त्री मंसुरले तीन वर्षसम्म काण्डै काण्डको सरकार रहेको दुई तिहाई नजिकको पुर्व प्रधानमन्त्री केपी ओलीको सरकारलाई नेपाली जनताहरूले बिश्लेषण गरेकोले नेपाली कांग्रेसको पक्षमा जनमतको लहर आएको बताउनुभयो ।

नेपाली कांग्रेसले पहाडी र मधेसी सबै नेपाली हुन सबैको अधिकार छ, भन्ने समन्वयकारी भुमिका निर्वाह गरि मतभेदलाई हटाएर भाईचारा कायम गरेर मुलुक शान्ति र स्मृद्धिको बाटोमा हिंडेको बताउनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, पूर्व सभासद डा।शोभाकर पराजुली, क्षेत्र नं।३ को क का प्रदेश सभासदस्यका प्रत्याशी उम्मेदवार रामानन्द यादव, नेपाली कांग्रेस बाराका सहसचिव देवेन्द्र उपाध्याय, जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयरका प्रत्याशी उम्मेदवार नारायणी रायमाझी, क्षेत्र नं।३ का सभापति मुकेश कुशवाहा, जितपुर सिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ता लगायतले शुभकामना मन्तब्य ब्यप्त गरेको नेपाली कांग्रेसका युवा नेता मुकेश यादवले बताए ।

वडा नं। १२ का बुथ सभापति विश्वनाथ साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर पूर्वमन्त्री मंसुरले सम्मानित गर्नुभएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content