सुरक्षाकर्मी मुकदर्शक, एकपछि अर्को स्थानीय तहमा तोडफोडले शान्ती सुरक्षा माथि प्रश्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 773 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

कलैया । स्थानीय तहहरुमा पटकपटक तोडफोड र कर्मचारी आंतकित पार्ने काम भईरहेपनि बाराको सुरक्षानिकायले शान्ती सुरक्षा दिन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् । शान्ती सुरक्षाको प्रत्याभुती नभएको जनाउदै फेरी अर्को स्थानीय सरकारका कर्मचारी हडतालमा उत्रिएका छन् । स्थानीय सरकार रहेको बाराको सिम्रौनगढमा भएको तोडफोड शान्त हुन नपाउदै फेरी पचरौता नगरपालिकामा तोडफोड भएको हो ।

नगर सुरक्षाका लागि खटाईका सुरक्षाकर्मी मुकदर्शक हुदा जिल्लाको शान्ती सुरक्षा माथि स्थानीयले प्रश्न गर्न थालेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई पचरौता नगरपालिकाले आफ्नो कार्यालयमा मंगलबार भएको तोडफोडले सुरक्षाको प्रत्याभूति नभएको भन्दै नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सवै सेवा बन्द गरिएको ज्ञापनपत्र बुझाएको छ ।

बुधवार जिल्ला प्रशासान कार्यालय बारामा बुझाईएको ज्ञानपत्रमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको सम्बन्धमा आएका विद्यार्थी र राजनीतिकर्मीहरुले नगर कार्यपालिकाको कार्यालयमा काम गरिरहेको अवस्थामा कार्यालय घेराउ गरी कार्यालयमा तोडफोड र कर्मचारीलाई गालि गलौज गरी पाचँ घण्टा बन्दि बनाएको बताउदै नगरपालिकामा काम गर्न सक्ने अवस्था नरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादवले बताएका छन । उनले सम्पूर्ण कर्मचारीहरु डर त्रासमा रहेको जनाउदै दोषी माथि कारवाही र सूरक्षाको प्रत्याभूति नभएसम्म सेवा प्रवाह सुचारु पार्न नसकिने बताएका छन् ।

नगरपालिकाको ग्रिलसहित झ्याल फुटाई कार्यालय भित्र प्रवेश गरेर बहुमुल्य सामग्री तोडफोड गर्नुका साथै कागजातहरु चोरेर लगेको साथै कर्मचारी माथि ढुगांमुढा गरेर कार्यालयको गाडी माथि तोडफोड गरेका थिए ।

सिम्रौनगढ नगरपालिकामा भएको तोडफोड र कुटपिटको घटनाको छानविन समेत नभई दोषीमाथि कार्वाही गर्न नसकेको सुरक्षा निकायले फेरी अर्को स्थानीय तहमा तोडफोड हुदा सुरक्षाकर्मी मुकदर्शक बनेको आरोप जनप्रतिनिधिहरुले लगाएका छन् ।

पचरौता नगरपालिकाका नगर प्रमुख रमेशकुमार यादवले नगरपालिकामा तोडफोड हुदा प्रहरी सुरक्षाकर्मीसगै हेरी रहेको र मुकदर्शक मात्र बनेको आरोप लगाए । नगरपालिकामा तोडफोड भईरहेपनि के सुरक्षाकर्मी मुक दर्शक हुन पाउछ । सुरक्षाकर्मीकै रोहबरमा कुटपिट र तोडफोड भईरहेपनि सुरक्षा नभएको यादबले बताए । उनले नगरको क्षति ऐकिन आउन बाँकी रहेपनि करिब ५० लाख क्षति भएको बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवत्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले प्रहरी मुक दर्शक भएको भन्ने आरोप सत्य नभएको प्रहरीले सामान्य बल प्रयोग गरेको बताएका छन् । स्थानीय निकायहरुमा पटक पटक तोडफोडका घटनाले जिल्लाको शान्ति सुरक्षा कमजोर रहेको जनप्रतिनिधिहरुको आरोप सत्य नभएका डिएस्पी मिश्रले बताए । उनले सिम्रौनगढ अस्पताल तोडफोडमा सम्लग्नहरु प्क्राउ नपरेको बताए । समिति बनेर छानसिवन भईरहेको उहाँले बताए । पचरौतामा भएको तोडफोडका मानिसहरु समेत पक्राउ नपरेको उनले बताए । पटक पटक स्थानीय तहमा तोडफोड भएपनि दोषीमाथि कार्वाही हुन नसकेका कारण एकपछि अर्को स्थानीय तहमा राजनैतिक प्रतिसोध साध्न तोडफोड हुन थालेपछि सुरक्षा माथि प्रश्न उठ्न थालेको छ । पचरौताका कर्मचारीहरु असुरक्षित नगरपालिका जान नसक्ने बताउदै नगरप्रमुख यादबको कलैयास्थित घरमा डेरा जमाएर बसेका छन्

पचरौता नगरपालिका वडा नं. एक पिपरपाति स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरपाती पचरौतामा विद्यालय ब्यवस्थापन समिति गठन र शिक्षक नियुक्ती नहुदा विद्यार्थीहरु आक्रोशित भइ विद्यालयबाट नै कार्यलयमा आएर तोडफोड गरेका हुन ।

कार्यलयको सम्पुर्ण शिसा फुटाइ दिएको कम्प्युटर कुर्सी टेबल जेनेटर एसि फेन र नगरपालिकामा काम गर्न क्रम्चारीहरु बाइक तोडफोड गरी लाखौ मुल्यकोक्षति बनाएको बताईएको छ । पिपरपाति विद्यालमा विद्यार्थीहरुले नगरपालिकामा आक्रमण गर्न निति बनाइ रहेको भएपनि प्रधान ध्यापक रामानन्द प्रसाद साहले कुनै किसिमको जानकारी नगराएको शिक्षा संयोजक प्रमोद प्रसाद यादवले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content