बारामा वर्षाका कारण भएको क्षतिको विवरण संकलन हुदै

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.5k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । गत हप्ता लगातार एकहप्ता भएको वर्षाका कारण भएको क्षति बापत नेपाली काग्रेस नेतृत्वको देउवा सरकारले राहत दिने निर्णय भएपछि बारामा वास्तविक विवरण संकलन हुने भएको छ ।

बारा जिल्लाको धान बालीमा के कती क्षति भएको वास्तविक विवरण संकलन गर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरी समिति गठन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बसेको बैठकले वास्तविक विवरणका लागि पालिकाका वडाअध्यक्षहरुको संयोजकत्वमा क्षति मुल्याङ्ककन समिति गठन गरेको हो ।

क्षति मुल्याङ्ककन समिति स्थानीय तहका वडा अध्यक्ष संयोजक तथा स्थानीय निकायमा कार्यरत कृषि तथा पशुका कर्मचारी र प्रहरी कार्यालयका ईन्चार्ज सदस्य रहने गरी ३ सदस्य क्षति मुल्याङ्ककन समिति बनाइएको हो ।

बैठकले जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्नु पर्ने विवरणको ढाँचा तयार गर्ने जिम्मा कृषि ज्ञान केन्द्र बारालाई दिएको छ ।
क्षति भएका कृषकहरुले यथाशिघ्र संबन्धित आफना वडा कार्यालयमा लिखित निवेदन दिनु पर्ने र त्यसैको आधारमा विवरण संकलन हुने कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताउनु भयो ।

संघ सरकारले बर्षाका कारण धानबालीमा भएको क्षेतीका आधारमा २० देखी ६५ प्रतिशत सम्म राहत उपलब्ध गराउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । साना किसान बढीमा १० कठा जग्गा भएका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशत राहत दिनेछ ।

मध्यम किसान अर्थात् १० कादेखि ३ बिगाहासम्म धानबालीमा क्षति भएकालाई क्षतिको ३० प्रतिशत र ठूला किसानलाई क्षतिको अधिकतम २० प्रतिशतसम्म राहत उपलब्ध गराउने मन्त्री परिषदको निर्णय भएपछि क्षतिको विवरण संकलन गर्न शुरु गरेको बताईएको छ । बारा जिल्लामा मात्रै ९ हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा लगाईएको धानबालिमा क्षती पुगेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख यादवले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content