निजगढ । नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै वडाहरुमा कार्तिक ६ गते भर्चुअल माध्यमबाट एकैसाथ सबै वडामा अधिवेशन सम्पन्न भएको भने पनि बारामा अझै ४८ वडामा वडा अबिधेशन हुन सकेका छैन् ।
बाराका १६ पालिकाका १६८ वडाहरु मध्ये आज शनिबारसम्म एकसय बिस वडामा अबिधेशन सम्पन्न भएको भएपनि ४८ वडामा अबिधेशन हुन सकेको छैन । अबिधेशन बाँकी रहेका ४८ पालिकामा प्रतिस्पर्धि धेरै रहेको र केही वडामा विवाद देखिएपछि नेकपा एमालेको वडा अधिवेशन सम्पन्न हुन सकेको छैन ।
अबिधेशन उद्धघाटन भएपनि १४ पालिका बाँकी दुईमा उद्धघाटन, एक सम्पन्न
नेकपा एमालेको पालिका अबिधेशन कार्तिक ९ गते एकैपटक गरेको भनेपनि बाराको एक पालिकाको मात्र अबिधेशन सम्पन्न भएको छ भने एकमा उद्धघाटन भएर कार्यसमिति चयन हुन सकेको छैन । १६ पालिका रहेको बारामा करैयामाई र बारागढी गाउँपालिकाको अबिधेशन उद्धघाटन भएका हुन । १४ पालिकामा अहिलेसम्म अबिधेशन नभएको नेकपा एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले बताए ।
नेकपा ९एमाले० ७५३ पालिका अधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीव्दारा पार्टी केन्द्रीय कार्यालय वार रुमबाट कार्तीक ९ गते उद्घघाटन भएको थियो ।
वडा अधिवेशन हुन नसक्दा नगर अधिवेशन समेत अन्योलमा परेको छ । अधिकांश पालिकाको केही वडामा कार्यकर्ताबीच आपसी विवाद रहेकोले समयमै वडा अधिवेशन हुन नसकेको भएपनि पौडेलले विवाद नरहेको बताए । पार्टीले नै अधिवेशन गराउन समय आबश्यक भएकाले अध्यक्षबाट उद्धघाटन गरी शुरु भएपनि यो महिनासम्म वडा र पालिका अबिधेशन सम्पन्न गर्ने लक्ष्य रहेको पौडेलले बताए ।