निजगढ । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम खानेपानी मन्त्री उमाकान्त चौधरीले केही समूह अहिलेपनि पार्टी कब्जा गर्ने रणनिती रहेको बताउनु भएको छ ।
नेपाली काग्रेसका कार्यकर्ताहरुसग निजगढमा बिहीबार भेटघाट गर्दै नेता चौधरीले सो कुरा बताउनु भएको हो । नेपाली काग्रेसको आसन्न महाधिबेशन अन्र्तगत कार्तिक २७ गते हुन लागेको अबिधेशनका लागि बारा आएका मन्त्री चौधरीले अबिधेशन एउटा पर्व भएकोले पार्टीलाई हाक्न सक्ने राम्रा मान्छे छान्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
विगतमा पनि पार्टी कब्जा गर्ने विभिन्न खेल भएको भन्दै मन्त्री चौधरीले अहिलेपनि गलत क्रियाशिल ल्याएर कब्जा गर्ने रणनिति एउटा पक्षले बनाई रहेको उहाँले बताउनु भयो । अहिले पार्टीले सदस्यता विवाद टुङगाएपनि अहिलेपनि नेकपा एमाले , फोरम प्रबेश गरेका मान्छे भन्दै आफनै मान्छे भर्ने काममा एउटा समुह लागि परेको समेत उहाँले बताउनु भयो । यतिले पनि नसकेर पैसाले समेत किनेर संगठन कब्जा गर्ने खेलमा केही समूह लागि परेको मन्त्री चौधरीले बताए । काग्रेसको इमान्दार र स्वाभिमान कार्यकर्ताहरुले त्यस्ता शक्तिलाई परास्त पार्ने उहाँले बताउनु भयो । हामीले आउदा दिनमा हाम्रो काग्रेस राम्रो काग्रेस र सबैको काग्रेस बनाउनु पर्ने बताउनु भयो ।
आफनो निर्वाचन क्षेत्रका पार्टीका कार्यकर्ताहरुको समस्या र आफनो मन्त्रालयसग सम्बन्धित योजना भए ल्याउन मन्त्री चौधरीले आग्रह गरे । संगठनलाई कमजोर पार्नेहरुलाई पाखा लगाएर जिम्मेबार राम्रो नेतृत्व चयन गर्न संगठन निर्माणमा काम गर्न सक्ने ल्याउनु पर्ने उहाँले बताउनु भयो ।
आउने निर्वाचनमा नेपाली काग्रेसले बहुमत ल्याउने बताउदै मन्त्री चौधरीले त्यसैले विपिलाइ सम्झेर राम्रो मान्छेलाई नेतृत्वमा ल्याउन आग्रह गर्नु भयो ।
पार्टी कब्जा गर्ने रणनितीको प्रतिरोध गर्ने निजगढमा मन्त्री भेटघाटमा आएका कार्यकर्ताहरुले बताएका छन् । नेपाली काग्रेसका युवा नेता एवम बारा क्षेत्र नं १ का प्रदेश सभासदका उम्मेदबार पेमासिद्धि लामाले पार्टीले सदस्यता छानविन गरी नयाँ सदस्यता नदिने निर्णय गरेकाहरुनै फोरम लोकतान्त्रिक र अन्य पार्टीबाट प्रबेश गरेको भन्दै फेरी सदस्यता बनाउन चलखेल भएको बताउनु भयो ।
नेपाली काग्रेस केन्द्रिय कार्यालयको वेवपेजमा एउटा नाम छ छानविन गरी हटाएकै नाम नेपाली काग्रेसकै मानिसहरु अन्य पार्टीबाट आएको भन्दै हाल्ने काम गरी पार्टी कब्जा गर्ने काम भए तोकिएको समयमा निर्वाचन हुन नसक्ने र कार्यकर्ताहरु असहज अबस्था आउने कार्यकर्ताहरुले बताएका छन् । काग्रेस युवा नेता अरुण लामाले पार्टीभित्रकै मानिस अन्य पार्टी भएको भन्दै नाम थप भए आफूहरु प्रतिरोध गर्ने बताए । उनले भने निजगढ ८ बाट शिक्षक समेत रहेका पुराना काग्रेसी भनेर चिनिएका हिमेश घिमिरे जस्ता मानिसहरु कसरी र कहिले लोकतान्त्रिक फोरम भए जवाफ त चाहियो नी कसरी अबिधेशन हुन्छ प्रश्न गरे । उनले निजगढमा त्यस्त ब्यक्ती ११ जना पार्टीले नाम सार्वजनिक गरे भन्दा थप गर्न प्रयास भएको बताए ।