प्रेस सेन्टर नेपाल बारा जिल्ला कमिटीको अध्यक्षमा रन्जन यादव

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 873 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । प्रेस सेन्टर नेपाल बारा जिल्ला कमिटीको अध्यक्षमा रन्जन यादव निर्वाचित भएका छन् । सेन्टरको आईतबार जितपुरसिमरा उपमहानगरपालिका १४ मौलापुरमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट यादव निर्वाचित भएका हुन । यादबको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षद्धयमा प्रदिप गौतम र प्रियांका कुमारी सोनी रहेका छन् । त्यसैगरी सचिवमा उमेश घलान, सहसचिवमा पप्पु साह र कोषाध्यक्षमा रितिका अधिकारी चयन भएका छन् । निर्वाचित यादब र गौतम पत्रकार महासंघ बाराका कार्य समिति सदस्य समेत रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा गेश कुमार श्रेष्ठ, शिवराज अधिकारी, कोपिला चौलागाई, समिता चौलागाई, पवित्राकुमारी चौलागाई, अंकित गौतम, रन्जना खतिवडा,संदिप साह,साविर अंसारी,रिषी सहनी,मुकेश मेहता, विपना कुमारी शर्मा रहेका छन् ।

अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गम्भिरा सहनी, महेश्वर अधिकारी, रामबाबु मेहतालाई चयन गरेको छ ।

उद्धघाटन कार्यक्रम जिल्ला अध्यक्ष रामबाबु मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति अध्यक्ष क्षेत्र बहाद्र श्रेष्ठ अनिलको प्रमुख अतिथि सम्पन्न भएको हो । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य राजन पौडेल र रविराज दङाल, जिल्ला सदस्य शोभा कार्की, वडा नं. १६ का वडाअध्यक्ष राम प्रसाद लामिछाने मोहित चौधरी ५ सदस्य महाधिबेशन आयोजक समिति सदस्य महेश्वर अधिकारीले मन्तब्य ब्यप्त गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्षहरु रामशरण बर्तौला, रामचन्द्र अधिकारी, जगन्नाथ घिमिरे अनेम संघ कान्तकारी निजगढ नगर अध्यक्ष धनमाया लामा लगायतको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content