बाराको निजगढमा तेश्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मंसिरको १० र ११ गते हुन गईरहेको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको हो । निजगढ तेक्वान्दो डोजाङ्गको आजोजनामा हुन गई रहेको तेश्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सात प्रदेश र विभागीय टिम सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालन गर्न आर्थिक लगायत सबै तयारी तिब्र पारिएको निजगढमा आईतबार आयोजित पत्रकार सम्मेलनमा डोजाङ्ग प्रमुख वसन्त लामा तामाङ्गले बताए ।
निजगढ तेक्वान्दो डोजाङ्गका अध्यक्ष बिकाश लामाले तौल समूहका आधारमा ८ वटा पुरुष समूह र ६ वटा महिला समूह गरी १४ वटा तौल समूहबीच प्रतिष्पर्धा हुने बताए । प्रतियोगितामा खेलाडीसहित १ सय ४० जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ तेक्वान्दो कभर्ड हलमा प्रतियोगिताको आयोजना गर्न लागिएको निजगढ तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरु प्रसाद गौतमले जानकारी दिए ।
प्रतियोगिताका लागि ९ लाख १६ हजार २ सय रुपैयाँको खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका विजेता प्रथम टोलीले मेडल, ट्रफी, मायाको चिनो तथा प्रमाणपत्र सहित ८१ हजार रुपैयाँ पाउने छन् भने दोश्रोले ४१ हजार र तेश्रो टिमले २१ हजार पुरस्कार राखिएको छ ।