निजगढ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि बाराबाट सर्वसहमतिमा प्रतिनिधि छनोट भएका छन्। चारवटा क्षेत्र रहेको बारामा जम्मा २९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
निर्वाचन क्षेत्र नं.१ र २ मा तोकिएकै मितिमा भएपनि ३ र ४ मा भने एक दिन ढिला गरी प्रतिनिधि चयन भएका हुन । सबैभन्दा धेरै सदस्य रहेको बाराको क्षेत्र नम्बर ४ मा ३६ जनाको उम्मेदबारी परेपनि सर्वसहमतिमा एमाले बाराका अध्यक्ष देव नारायण चौधरी, नेकपा एमालेका प्रचार विभाग प्रमुख मनोज पौडेल, मोबिन आलम, सोचन यादव , भरत घले, ध्रुब प्रसाद यादव , उमेश कुशवाहा, कमला घिमिरे, सरस्वती चौधरी, सुगन्धी देवि साह, राम नाथ बैठा र लक्ष्मी नेपाली गरी १० जना चयन भएका हुन ।
क्षेत्र नं. १ मा यस अघि त्रिलोकि चौधरी, एक बहादुर श्रेष्ठ, महेन्द्र जैसवाल, गणेश जिम्बा, केबल चौधरी, अन्जु नेपाली र ज्ञानु केसि चयन भएका थिए ।
त्यसैगरी क्षेत्र नं.२ मा सुरेस यादब, मखन पासवान, चन्द्रदेब चौधरी, बन्दना सिंह रहेका छन् ।
त्यस्तै क्षेत्र नं. ३ मा बिनोद साह, अध्यानन्द पाण्डे , रबिन्द्र दास श्रेष्ठ, एम.समिउल्लाह, अशोक लामा, प्रतिमा मैनाली र तुलसा मैनाली चयन भएका थिए ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि चयनको लागि शनिबार भएको निर्वाचनमा सहमति हुन नसकेपछि बाराका २ वटा निर्वाचन क्षेत्रमा मतदान हुन सकेको थिएनन ।
क्षेत्र नम्बर १ बाट २६ जनाले उम्मेदवारी दिएका थिए । भएको भएपनि लामो समयसम्मको पहलपछि अन्यले उम्मेदवारी फिर्ता लिएका थिए । त्यसैगरी क्षेत्र नम्बर २ मा ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
क्षेत्र नम्बर ३ मा महिला पुरुष गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्र नम्बर ४ मा भने ३६ जनाले उम्मेदवारी दिएका थिए ।
एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ । एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ । यस अनुसार आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिने भएको छ ।
एमालेले आउँदो मंसिर १०, ११ र १२ गते चितवनमा दशौँ राष्ट्रिय महाधिवेशन हुन गईरहेको छ । । महाधिवेशनले १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्नेछ । जसले आउँदो ५ वर्ष एमालेको नेतृत्व गर्नेछ ।