नेपाली काग्रेसको निजगढमा वडा अबिधेशन सम्पन्न, छानिए १३ वडा सभापति, दुवै पक्षको अग्रताको दावी

तराइ संचार
तराइ संचार 857 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाली काग्रेस निजगढ अन्र्तगतको १३ वटै वडामा वडा अबिधेशन सम्पन्न भएको छ ।

वडा अबिधेशनको प्रारम्भिक नतिजा अनुसार निजगढ नगरपालिकामा संस्थापन इतर समूह र संस्थापन देउवा समुहले आफुहरुको अग्रता रहेको बताएका छन् । निर्वाचित १३ वडा सभापति मध्ये आठ वडा सभापति संस्थापन इतर समूहले निर्वाचित भएको जनाएका छन् । यता संस्थापन समुहले पनि आठ वटा वडा सभापति निर्वाचित भएको जनाएका छन् ।

निर्वाचित वडा सभापतिहरुमा वडा नं. १ मा बुद्ध बहादुर लोप्चन, वडा नं. २ मा हेम बहादुर विष्ट, वडा नं. ३ मा मान बहादुर डासेली, वडा नं. ४ मा रुपेश चौधरी, वडा नं. ५ मा रामहरी तिमल्सिना निर्वाचित भएका छन् ।

त्यसैगरी वडा नं. ६ मा ईन्द्र आचार्य , वडा नं. ७ मा हरी शाही, वडा नं. ८ मा प्रदिप अधिकारी, वडा नं. ९ मा सागर थोकर, वडा नं. १० मा हिरा बहादुर मोक्तान बिजयी भएका हुन ।

त्यसैगरी वडा नं. ११ मा शैया गुरो, वडा नं. १२ मा सोनम सिंह गोले र वडा नं. १३ मा सुन बहादुर थिङ बिजयी भएका हुन ।

यता निजगढ नेपाली काग्रेसका नगर सभापति महेशी कुवरले भने वडा सभापतिमा संस्थापन देउवा प्यानलकै अग्रता कायम रहेको बताए । संस्थापन इतर समूहले दावी गरेको तीन वडा सभापति दुवै पक्षले दावी गरेका छन् ।

तीन दुवै पक्षको स्वतन्त्र कायम भए दुवै पक्षको पाँच पाच वडा सभापति कायम देखिन्छ । संस्थापन देउवा र संस्थापन ईतर समूह कसको दावी सही भन्ने कुरा नगर कार्य समितिको निर्वाचनले प्रष्ट पार्ने संस्थापन इतर समूहका एक नेताले बताए ।

त्यसैगरी क्षेत्रिय प्रतिनिधिमा समेत संस्थापन इतर समूहको अग्रता रहेको नेपाली काग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content