निजगढ । नेपाली काग्रेस बाराको वडा अबिधेशन सम्पन्न भएको एक हप्ता वितेपनि पालिका÷नगर स्तरीय अधिवेशन कहिले गर्ने भन्ने अझै अनिश्चि बनेको छ ।
बाराको १६ स्थानीय तहको १६७ वटै वडाहरुमा कार्तिक २९ वडा अबिधेशन तय भई सबैले सम्पन्न गरेपनि करिव तीन दर्जन वडामा विवाद भई उजुरी परेका कारण पटक पटक नयाँ मिति तय गर्दै अबिधेशन पछि सार्दै आएको बारामा अझै विवाद समाधान भई सकेको छैन ।
नेपाली काग्रेस बाराका सचिब मनोज भट्टका अनुसार केही तीन वडाको मात्र विवाद बाँकी रहेकाले बुधबारसम्म विवाद अन्त्य गरेर नगर पालिका अबिधेशनका लागि मतदाताहरुको नाम सार्वजनिक गर्ने बताए । यसो हुन सके बिहीबार नगर अबिधेशन तय हुने उनले बताए ।
नेपाली काग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले वडा अधिबेशनबाट प्राप्त क्षेत्रिय प्रतिनिधिको नाम ढिला गरी आएकाले लिपीबद्ध गरी नाम मंगलबारनै सार्बजनिक गर्ने र बिहीबार नगर अबिधेशन तय हुने उनले बताए ।
यता नेपाली काग्रेस बाराको निर्वाचन सम्पन्न गर्न खटिएका प्रमुख निर्वाचन अधिकृत राजन दहालले विवाद देखिएको र उजुरी आएका वडा अधिबेशनहरुको बारेमा पार्टीमा बसेर सहमति कायम गर्ने भनेर सहमति भएपछि केही समय लामो भएको बताए । पार्टीको सबै पक्षले बसेर विवाद टुङगाई नसकेको र निर्वाचन समितिलाई पनि नियम अनुसार काम गर्न अनुमति नदिएका कारण पनि ढिलाई भएको बताए । एक त अन्तिम समयमा आएर थप सदस्यता थप्ने काम भयो त्यसले पनि समय लियो । अहिले सदस्यता अन्त्य भएपनि थप वडा विवाद र सहमतिको प्रयासका लागि ढिला भएको उनले बताए ।
नेपाली काग्रेसको केन्द्रले तय गरे अनुसार कार्तिक ३० गते गर्नुपर्ने अधिबेशन अझै अनिश्चित बनेको हो । काग्रेसले मसिंर १, ३, ५,७ हुदै अब ९ गते अधिबेशन गर्ने जिल्ला सभापति र सचिबले बताएपनि विवादमा भने अझै सहमति भई सकेको छैन । मंिसर ९ का लागि हुने भनेपनि सहमति एकाएक भएर नगर अधिबेशन भई हाल्ने ज्ञारेन्टी नहुदा निर्वाचनका कारण धेरै बाहिर बसेका सदस्यहरु भने अन्यौलमा परेका छन् ।