बारा । नेपाली काग्रेस बाराको नगर अधिबेशन विवादित स्थानमा बाँकी राखेर अन्यमा बिहीबार हुने भएको छ । बाराका १६ पालिका मध्ये बिवाद भएका तीन पालिका छाडेर बाँकीमा नगरअधिबेशन हुन लागेको हो ।
पटक पटक सर्दै आएको नेपाली काग्रेस बाराको नगर अधिबेशन कहिले हुने अन्यौल बन्दै आएकोमा विवाद भएको पालिकामा स्थगित गरी बाँकीमा हुन लागेको प्रमुख निर्वाचन अधिकृत राजन दहालले बताए । विवाद भएको बाराको प्रसौनी गाउपालिका, पचौरौता र सिम्रौनगढ नगरपालिकामा विवादित वडामा वडा अधिबेशन हुने भएका कारण ती स्थानमा नगरअधिबेशन पछि हुने सचिब मनोज भट्टले बताए । बारामा भई रहेको नगर अधिबेशनमा संस्थापन देउवा पक्षका बिरुद्ध अन्य समूहहरु एक भई प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन ।