काग्रेस निजगढ नगरको दोश्रो अधिबेशनमा संस्थापन ईतर प्यानल बिजयी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 788 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाली काग्रेस निजगढ नगरको दोश्रो अधिबेशनले संस्थापन ईतर प्यानल बिजयी भएको छ । कोईराला पौडेल समूहका सभापति नवराज तिमल्सिना १४ मतको अन्तरले विजयी भएका हुन् । संस्थापन देउवा प्यानलका सभापति महेशी कुमरले ७७ मत ल्याउदा तिमल्सिनाले ९१ मत प्राप्त गरे ।

निजगढमा कुल एक सय ७२ मत भएपनि कुल १६९ मत खसेको थियो । खसेको मत मध्ये एक मत बदर भएको हो ।

संस्थापन ईतर समूहका उपसभापति ज्ञान बहादुर गोलेले ९० र रामकृष्ण सिग्देलले ८७ मत ल्याई बिजयी भए भने संस्थापन समूहका सुर्य घलानले ७८ र ज्ञानेन्द्र चौलागाईले ५९ मत ल्याउन सफल भए ।

त्यसैगरी सचिबमा संस्थापन ईतर समूहकै मधु तिमल्सिनाले सबैभन्दा बढी सर्वाधिक १०७ र अम्बिर सिंतानले ८५ मत ल्याई बिजयी भए । संस्थापनका बद्री प्रसाद चिमरिया र गोबिन्द प्रसाद न्यौपानेले ६१ म्त ल्याए ।

त्यस्तै सहसचिब पदमा संस्थापन ईतर समूहकै बुद्धिमान शाही ९१ र सोफिला गुरुङ ८२ मत ल्याएर बिजयी भए । संस्थापन समूहका गोपालकाजी श्रेष्ठ ७७ र हस्त बहादुर कार्की ६९ मत ल्याउन सफल भए ।

यस अघि नगर सदस्यहरुमा भने सबै पदमा सर्व सम्मत भएको थियो । सर्वसम्मत हुने महिला नगर सदस्यमा बिष्णु नेपाल, रमा कुमारी खरेल, मीना चौरेल, राधिका खड्का, बिमला अधिकारी भए । त्यसैगरी खुल्ला सदस्यमा विद्यालाल साह, छेवाङ नर्वु लामा, टंक नारायण श्रेष्ठ, पुरुषोत्तम धिताल, नवराज मैनाली, केदार प्रसाद खरेल, माधब प्रसाद सिग्देल, नर बहादुर सापकोटा, जगलाल साह, नारायण प्रसाद श्रोष्ठ, अरुण लामा सर्वसम्मत भए ।

त्यसैगरी पुरुष आदीवासी जनजातीतर्फ शिव बहादुर श्रेष्ठ र राज कुमार श्रेष्ठ सर्वसम्मत भए । त्यसैगरी महिला आदीबासी जनजातीतर्फ गंगामाया लोप्चन, गोमती लामा, सोमोमाया भोलन सर्वसम्मत भए । त्यस्तै सदस्य खसआर्य तर्फ कृष्ण प्रसाद घिमिरे, बिदुर खड्का र झंकनाथ घिमिरे सर्वसम्मत भए । कोषाध्यक्ष लगायत बाकी कार्य समिति पछि कार्य समितिले मनोनित गर्ने निर्वाचन समितिले जनाएको छ ।

नगर अधिबेशनमा नगर प्रमुख सुरेश कुमार खनाल, महासमिति सदस्य पेमासिद्धि लामा, मिना लामा लगायतका नेता कार्यकर्ताले संस्थापन ईतर कोईराला पौडेल समूहको अगुवाई गरेर सभापतिमा तिमल्सीना लगायतको प्यानल खडा गरेका थिए भने संस्थापन देउवा समूहमा नेपाली काग्रेसका संगठन विभाग प्रमुख शम्भु बुढाथोकी, किसोर नेपाल, सिता मैनाली लगायतका नेता कार्यकर्ताहरुले महेशी कुमर लगायतको प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

यस अघि सम्पन्न उद्धघाटन शत्रमा नेपाली काग्रेसका नेता प्रदेश सभाका प्रस्तावित सभासद एवम महासमिति सदस्य समेत रहेका युवा नेता पेमासिद्धि लामाले प्रमुख अतिथिको आसनबाट बोल्दै निर्वाचन पछि सबै गुट अन्त्य गरी सबैलाई मिलाएर लैजान र निजगढमा एक नं. पार्टी बनाउन सबै लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा दुवै उम्मेदबार सक्षम र काविल रहेकोले गुटउपगुट निर्वाचन पछि हुन नहुने भन्दै जसले जितेपनि काग्रेसकै जित भएको बताएका थिए । उद्धघाटन कार्यक्रममा सभापतिका दुवै उम्मेदवारले पार्टी सभापति चुनिए आफुले गर्ने कामको प्रतिबद्धता ब्यप्त गरेका थिए ।

बिजयी पछि नगरसभापति नवराज तिमल्सिनाले पार्टीमा सबैलाई मिलाएर संस्थागत हिसाबले सबैलाई समेटेर लैजाने प्रतिबद्धता ब्यप्त गरे । उनले आफनो कार्यकालमा निजी जग्गामा पार्टी कार्यालय स्थापना गर्ने समेत बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content