बारा– बाराको महागढीमाई नगरपालिका ६ पत्तरहट्टीमा एक बालक अपहरण हुनबाट बचेका छन् भने दुई जना भारतीय अपहरणकारी पक्राउ परेका छन ।
१३ वर्षिय बालकलाई अपहरण गरी भाग्दै गरेको अवस्थामा बुधवार प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । दिउसो करीब २ बजे स्थानीय दिनेश सहनीको छोरा १३ वर्षिय सुशान्त सहनीलाई अपहरण गरी मोटरसाईकलमा हालेर भाग्दै गरेका अपहरणकारीलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको हो । चारै तिरबाट नाका बन्द गरी चेकजाच भएपछि अपहरणकारीहरु तेलकुवा स्थित गण्डक नहरमा अपहरित बालकलाई फालेर भाग्दै गरेको अबस्थामा गाउलेको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपहरणकारीहरु भारत बिहार पुर्वी चम्पारण अठमोहान कोईरगामा जितनथाना टोल बस्ने २५ वर्षिय बिक्रम सहनी र २२ वर्षिय मुन्ना कुमार साह पक्राउ परेका हुन ।उनीहरुलाई भारतिय नम्बर प्लेट बि.आर. ५ ए.जे. २१९६ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरिक्षक सुरेन्द्र यादवले बताए ।
बारामा एक बालक अपहरण हुनबाट बचे, दुई भारतीय अपहरणकारी पक्राउ
प्रतिक्रिया
प्रतिक्रिया