एमाले महाधिबेशनमा बाराबाट आठ जना उम्मेदबार

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेकपा एमालेको चितवनमा आज मंसिर १० गते देखि हुन गई रहेको १०औ राष्ट्रिय महाधिबेशनमा बाराबाट केन्द्रिय सदस्यको आठ जना उम्मेदबार बन्ने भएका छन् । नेकपा एमाले बाराका यस अघि केन्द्रिय सदस्य भई सकेका पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बलबरि चौधरी, ज्वाला साह, महम्मद समिर र नयाँ केन्द्रिय सदस्यका आकाक्षीहरुमा जनजाती कोटामा एक बहादुर श्रेष्ठ, थारुमा त्रिलोकी चौधरी र मुस्लममा महम्मद समिउल्लाहले उम्मेदबारीको घोषणा गरेका हुन ।

१०औ राष्ट्रिय महाधिबेशनमा सर्वसहमति नहुने अबस्था आएपछि उम्मेदबारीको तयारीका साथ बाराबाट सबै नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन । बाराबाट ३९ जना नेता तथा कार्यकर्ता महाधिबेशनका लागि प्रतिनिधि चयन भएका छन् । महाधिबेशन उद्धघाटन कार्यक्रममा बाराबाट २५० बस र साना गाडीमा गरी करिब २० हजार कार्यकर्ता चितवन प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख मनोज पौडेलले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content