निजगढ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले निजगढ नगरपालिकामा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताले निजगढको पहिचान बढाएको बताउनु भएको छ । नगरप्रमुख खनालले खेलाडीको क्षमता विकासमा समेत प्रतियोगिताले सहयोग पुराएको बताउनु भएको छ ।
बारा जिल्लाको निजगढमा आजदेखि हुन गई रहेको तेश्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथिको आसनबाट सो कुरा बताउनु भएको हो । निजगढ तेक्वान्दो डोजाङका डोजाङ प्रमुख बसन्त लामाको अध्यक्षतामा सम्पन्न उद्धघाटन समारोहमा नगर प्रमुख खनालले प्रतियोगिता सम्पन्न गर्न नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता ब्यप्त गर्नु भयो । त्यसैगरी नगरपालिकामा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्न नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा नगरप्रमुख खनाल लगायत उत्कष्ट खेलाडी सबैलाई आगामी दिनमा सहयोग गर्ने बताउनु भयो ।
उद्धघाटन कार्यक्रमका विशिष्ट अतिथि नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले प्रतियोगिताको शुभकामना दिदै केन्द्रबाट आवश्यक सहयोग हुने बताउनु भयो ।
उद्धघाटन कार्यक्रमका अर्का विशिष्ट अतिथि राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिब युवराज लामाले प्रतियोगिताका माध्यमले खेलाडिको क्षमता बिस्तार गर्न निजगढ डोजाङ सफल भएको बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न विभिन्न कठिनाई हुदै आएको बताउदै लामाले सरकारी प्रशिक्षकहरुको काम सन्तोषजनक नरहेको बताउनु भयो ।
उद्धघाटन कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल तेक्वान्दो संघ २ नं. प्रदेशका अध्यक्ष पेमासिद्धि लामाले प्रदेशमा तेक्वान्दोमा केही उदाहरणीय काम गर्न आफु आएको बताउनु भयो । उहाँले आउने केही दिनमै अन्तराष्ट्रिय प्रतियोगिता गर्न तयारी गरी रहेको समेत बताउनु भयो । कार्यक्रममा निजगढ वडा नं. ७ का वडाअध्यक्ष टेक बहादुर लामाले वडाको तर्फबाट सक्दो सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्यहरु गुरुप्रसाद गौतम, राजन उप्रेती, प्रदेश महासचिब राजकुमार लामा लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा सात प्रदेश, प्रहरी , आर्मी, शसस्त्र प्रहरी र आयोजक गरी ११ टिमको सहभागिता रहेको छ ।