ग्रास रुट अन्तर विद्यालय फुटवल प्रतियोगिताको तयारी पुरा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा ः ग्रास रुट फाउण्डेशन बाराले बाराको सिमरामा बिहिबारदेखी आयोजन गर्न लागेको नगर स्तरीय अन्तर विद्यालय फूटवल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । शिक्षासंगै खेलकुद भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको आयोजक जनाएको छ ।

सिमरा रंगशालामा सञ्चालन हुन लागेको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका २४ वटा विद्यालयको सहभागिता रहेको फाउण्डेशनका अध्यक्ष दुर्गाबहादुर थापाले बताए । प्रतियोगिताको विजेताले २० हजार प्राप्त गर्नेछ भने उपविजेतालले १० हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार दिईनेछ ।

विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडपिल्ड, फर्वाडर, हाई स्कोरर र प्रशिक्षकलाई दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ । पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उद्घाटन बाहेक प्रि क्वाटरफाईनलका हरेक दिन दुई खेल हुनेछन् । पहिलो खेल दिउसो १२ः३० मा र दोस्रो खेल २ बजेदेखी सुरु हुनेछ ।

प्रतियोगिता संयोजक सोनु क्षेत्रीका अनुसार हरेक खेल ७० मिनेटको हुनेछ । बालबालिकाको प्रतियोगिता भएकाले खेल समय २० मिनेट घटाइएको उनले बताए । बिहिबार उद्घाटन हुने प्रतियोगितामा पहिलो खेल दिउसो १२ः३० मा सुरु हुनेछ भने दोस्रो खेल २ः३० बजेदेखी सुरु हुनेछ ।

प्राणनाथ हार्डवेयरको मुख्य प्रायोजन र युआर गोल्ड प्रिमियम मसला चियाले सहप्रायोजन गरेको छ । आयोजकले लुम्बिनी जनरल ईन्सुरेन्ससँगको सहकार्यमा प्रत्येक खेलाडीको विमा समेत गरेको सचिव श्याम सुवेदीले जानकारी दिए । उद्घाटन खेलमा नेरामाबी फत्तेपुर र सेन्ट जोन्स एकेडेमी खेल्नेछन् ।

शेयर
प्रतिक्रिया
Skip to content