समाजवादी प्रेस संगठन बाराको अध्यक्षमा अजय साह

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजावादी निकट समाजवादी प्रेस संगठन नेपालको सम्पन्न जिल्ला भेलाले अजय साहको अध्यक्षमा २५ सदस्यीय बारा जिल्ला कार्य समिति गठन गरेको छ । कार्य समितिको उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा धिरेन्द्र तिवारी, कोषाध्यक्षमा सावित्री शर्मा रहेका छन् ।

यसैगरी सदस्यमा अरुण मेहता, विनोद उप्रेती, रवि कुशवाहा, आफरोज अंसारी, भरत घिमिरे, विशेष गौतम, पवन विक, निरज कुमार गुप्ता, रामविनय साह, श्यामल गिरी, बिजय कुमार लगायतका रहेका छन् ।

अध्यक्ष साह तत्कालिन प्रेस संगठन नेपाल केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रेस चौतारी बाराका सचिव थिए ।

कलैयाबाट प्रकाशित हुने पदमोदय दैनिकका प्रकाशक समेत रहेका अध्यक्ष साह राजधानी दैनिक र एभीन्यूज टेलिभिजनका बारा जिल्ला समाचारदाता हुन् ।

संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठको अध्यक्षमा भएको भेलामा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपाने, पोलिटव्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्यहरु चमिना भट्टराई, विभा कार्की, छविलाल उप्रेती, केन्द्रीय सदस्य, बारा जिल्ला अध्यक्ष तथा प्रदेश २ का सांसद सुन्दर विश्वकर्मा, प्रदेश २ का सांसद सीता गुरुङ, संगठनका केन्द्रीय सदस्य रमेश सुवेदी, पार्टीका जिल्ला सदस्य धु्रव यादव, रविन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content