ग्रासरुट फूटवलमा एक्स सर्भिसम्यान र लोटस एकेडेमीको विजयी सुरुवात

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा ः ग्रासरुट फाउण्डेशनको आयोजनामा सिमरामा जारी अन्तर विद्यालय फुटबल प्रतियोगितामा एक्स सभिर्सम्यान चिल्ड्रेन एकेडेमी र लोटस एकेडेमीले विजयी सुरुवात गरेका छन् ।

सिमरा रंगशालामा बिहिबारदेखी जारी प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल भएका थिए । जसअन्तर्गत पहिलो खेलमा डुमरवानास्थित एक्स सर्भिसले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहालाई १–० गोलअन्तरले पराजित गरेको हो । एक्स सर्भिसको जितमा विशाल चौधरीले निर्णायक गोल गरे । खेलको १९औं मिनेटमा निर्णायक गोल गरेका चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी दोस्रो खेलमा लोटस एकेडेमीले सेन्ट अल्फोन्सास स्कुललाई २–० ले पराजित गरेको छ । लोटसको जितमा आकाश मोक्तान र दिलकुमार विकले समान एक÷एक गोल गरे । आकाशले खेलको १४औं र दिलकुमारले २९ औं मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विवेक बुढाथोकी घोषित भए ।

प्रतियोगिता अन्तर्गत शनिवार पनि दुई खेल हुने आयोजक ग्रास रुट फाउण्डेशनका अध्यक्ष दुर्गा बहादुर थापाले बताए । थापाका अनुसार पहिलो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा र दोस्रो खेलमा होली गार्डेन ईङ्लिस स्कुल, पथलैया र ब्राईटर एकेडेमी स्कुल, सिमराबीच हुनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content