सिकेन्द्र पासवान
बारा १८ मंसिर
बारामा देउवा पक्ष नेपाली काँग्रेस नेपाली कांग्रेसको १४ महाअधिबेशनमा ४ वटै निर्वाचन क्षेत्रमा बिजय प्राप्त गरेका छन । जिल्लाको ४ वटै क्षेत्रीय अधिबेशन शान्ति पूर्बक सम्पन्न भएपछि निर्वाचनमा भारी मतले पौडेल पक्ष पराजित भएको हो । सर्बजनिक मत परिणाम अनुसार क्षेत्र नं १ मा क्षेत्रीय सभापतिमा बिजय शंकर यादव बिजय भएका छन भने दुई नमबर क्षेत्रमा रामप्रवेश यादव, क्षेत्र नम्बर ३ मा प्रभात चौरसिया र क्षेत्र नमबर ४ मा सुनिल गुप्ता निर्वाचित भएको निर्वाचन कार्यालय बाराले जनाएको छ । जस अनुसार बिजयले १ सय ४ मत बढी ल्याएर राम प्रसाद चौधरीलाई पराजित गरेको हो । क्षेत्र नं १ मा कुल मत ६ सय ४२ खसेको थियो । जस मध्य ३ सय ५८ नगरप्रमुख यादवलाई प्राप्त भएको थियो भने २ सय ५४ मत राम प्रसाद चौधरीले प्राप्त गरेको थियो ।
त्यस्तै क्षेत्र नं २ मा क्षेत्रीय सभापतिमा रामप्रबेश यादवले ६३ मत बढी प्राप्त गरि महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवलाई पराजित गरेका छ्न । उनले कुल ३ सय ७६ मत प्राप्त गरेको थियो भने नगरप्रमुख यादवले ३ सय १३ मत प्राप्त गरि पराजित भएको छ ।
त्यस्तै क्षेत्रीय नं ३ को क्षेत्रीय अधिबेशनमा क्षेत्रीय सभापतिमा प्रभात कुमार चौरसिया निर्वाचित भएका छ्न क्षेत्र नं ३ मा खसेको ५ सय ५८ मध्य सभापति निर्वाचित चौरसियाले ३ सय २ मत ल्याएर बिजय भएका छ्न । भने उनको प्रतिपक्षी मुकेश कुसवाहा २ सय ९१ मत ल्याएर प्राजित भएको छ ।
त्यसरी निर्वाचन क्षेत्र नं ४ मा सुनिल गुप्ताले निर्वाचित भएका छ्न । गुप्ताले ६७ मत बढी ल्याएत लालबाबु सिंह लाई पराजित गरेका छ्न क्षेत्र नं ४ मा ५ सय ३ मत खसेको थियो । गुप्ताले २ सय ८३ मत प्राप्त गरेको थियो प्रतिपक्षी सिंहले २ सय १९ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसको क्षेत्रीय समितिको लागि शुक्रबार मतदान भएको थियो ।
त्यस्तै महाअधिवेश प्रतिनिधीमा क्षेत्र नम्बर १ बाट उपेन्द्र जसवाल, रामनरेशकान्त कुसवाहा, चन्द्रशेखर यादव, शैलन्द्र फौजदार, सिकेन्द्र पासवान, रामकान्त साह, यमुना गुप्ता, कृष्ण बहादुर लो, भाईकाजी श्रेष्ठ, पदम बहादुर भण्डारी, बिष्णु खडका, शम्भु बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद ढोडारी, अमिर लामा मोक्तान, पुनम देवी यादव, राजमति देवी, कोसिला कुमारी चौधरी, रहमान मिया अंसारी, बिक्रमराज लामबुन बढई, रामकुमारी गोले, सिता मैनाली, सुगानधी देवी धानुक मण्डल बिजयी भएको नव निर्वाचित क्षेत्रिय सभापति यादवले बताउनुभयो ।