निजगढमा आगलागि नौ लाख क्षति, नगरपालिकाको परिवारलाई राहत सहयोग

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 868 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाले आगलागिमा परी क्षति पुगेको परिवारलाई खाद्यान्न लत्ताकपडा त्रिपाल लगायत आवश्यक सामाग्री प्रदान गरेको छ । निजगढ नगरपालिका वडा नं. ३ पिपलटार सिगौलमा आईतबार दिउसो आगलागि हुदा एक घर पुर्णरुपमा क्षति भएको थियो ।

बिधुत सर्ट भई भएको आगलागिमा जगत बहादुर भोलनको घर नष्ट भएको हो । आगलागिबाट करिब नौ लाख क्षति पुगेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक शंकर चौधरीले बताउनु भयो । दुई तले काठको घरमा बिधुत सर्ट भई भएको आगलागिमा मानवीय र गाईबस्तु भने सुरक्षित भएको छ । आईतबार दुई बजे भएको आगलागि नेपाल प्रहरी, स्थानीय र निजगढ नगरपालिकाको बारुणयन्त्रको सहयोगले दिउसो ३ः३० बजे डेढ घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागिबाट खाद्यान्न लगायत भौतिक सामाग्री नष्ट भएको थियो । नगरमा आगलागिमा परी भएको क्षति र अलपत्र परेको भोलन परिवारलाई त्रिपाल खाद्यान्न नगरपालिकाले वितरण गरेको हो । क्षतिको अबस्था बुझन नगरप्रमुख खनाल, प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की लगायत पिडितकै घरमा पुगी राहत वितरण गरेका हुन ।

राहत वितरणमा नगरपालिकाको तर्फबाट चामल ३० किलो , दाल आठ किलो , नुन चार किलो , तेल चार किलो , आलु आठ किलो , त्रिपाल दुई थान , म्याट छ थान लगायत मरमसलाहरु ीबतरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले बताउनु भयो ।

राहत वितरण कार्यक्रममा निजगढ ३ नं. वडाका वडाअध्यक्ष जीत बहादुर तमाङग, नेपाली काग्रेसका युवा नेता पेमासिद्धी लामा, निजगढ नगरपालिकाकी रोजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content