निजगढ । समाजमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका महत्वपुर्ण रहेको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले बताउनु भएको छ । स्वास्थ्य जीवनशैली हाम्रो आवश्यकता संकट न्युनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भन्ने मुल नाराकासाथ सम्पन्न १८ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अबसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख खनालले सो कुरा बताउनु भएको हो ।
नगरप्रमुख खनालले निजगढ नगरपालिकाका सबै स्वयमसेवीले गरेको उच्च कार्यको प्रशसा गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्धभाव आवश्यक भएको उहाँले बताउनु भयो । नगरप्रमुख खनालले महिलास्वयमसेविकाहरुलाई अनिवार्य स्वास्थ्य विमा गराउन आग्रह गर्नु भयो । दिवशका अबसरमा महिला स्वयसेविकाहरुले प्रभातफेरी गरी नगरपालिकामा कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले महिला स्वास्थ्य स्वयमसेविकाहरुको मनोबल उच्च राख्न र उनीहरुको निस्वार्थ सहयोगको भावनालाई कदर गर्दै सम्मान कार्यक्रम समेत गरिएको बताउनु भयो ।
निजगढ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा आ.व. ०७७÷०७८ मा उत्कृष्ट कार्य गरे वापत नौ जना स्वयम सेविका सम्मान समेत गरिएको थियो । कार्यक्रमको स्वागत तथा कार्यक्रम माथि प्रकाश निजगढ नगरपालिका स्वास्थ्य संम्योजक रमेश लामाले पार्नु भएको थियो ।
कार्यक्रमा स्वास्थ्य स्वयमसेवी सिता खड्काले आफुहरुले निस्वार्थ गर्दै आएको सहयोगमा नगरले हातेमालो गरी सम्मान र सहयोग गरेकोमा धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा रतनपुरी निजगढ र सिगौल लगायतका महिला स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संम्योजन एवम सञ्चालन नगरपालिका स्वास्थ्य शाखाकी रामप्यारी तिमल्सिनाले गर्नु भएको थियो ।