३ जना संविधान सभाका सदस्य सहित १० हस्ती महाअधिवेशनमा पराजित

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
बारा । नेपाली काँग्रेसको १४ औ महाअधिवेशन अन्तरगत बारा जिल्लामा सम्पन्न ४ वटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा १० जना काँग्रेसका हस्तीहरु महाअधिवेशन प्रतिनिधीमा पराजय हुनु भएका छन । पराजय हुनेहरुमा ३ जना संविधान सभाका सदस्यहरु रहनु भएको हो भने १ जना पालिका प्रमुख,१ जना जिल्ल बिकास समितिका पुर्व सभापति रहनु भएको छ भने बाकी काँग्रेस वृतमा चर्चित अनुहारमा पर्ने नेताहरु रहनु भएको हो ।

संविधानसभाका साँसदहरु डाक्टर शोभाकर पराजुली, लालबाबु सिह, रामअयोध्या प्रसाद यादव रहनु भएको छ । देवदत बछाड बारागढी गाँउपालिकाका निर्वाचित अध्यक्ष, राजेन्द्र प्रसाद यादव जिल्ला बिकास समितिका पुर्व सभापति रहनु भएको हो । राजेश रौनियार नेपाल बिधार्थी संघका निवर्तमान सहमहामन्त्री, नारायणीराय माझी महिला संघका केन्द्रीय सदस्य, कृष्णब्रत सिह जीतपुरसिमरा उपमहानगरपालिकाका मेयरका प्रत्यासी उम्म्ेदवार, पेमा सिद्धी लामा यूवा नेता एवम बारा निर्वाचन क्षेत्र नम्बर १ क को प्रदेशसभा सदस्यका प्रत्यासी उम्मेदवार रहनु भएको छ भने भैयाराम यादव गैर सरकारी संस्थामा नाम कमाएका ख्याती प्राप्त यूवा नेताका रुपमा परिचित रहनु भएको हो । उहाँहरुको पराजयले आउने स्थानिय तहको निर्वाचन देखि संघ र प्रदेशको निर्वाचनमा पनि पार्टीलाई केहि क्षति हुने आकलन पनि हुन थालेका बारा नागरिक समाजका अधयक्ष एवम वुद्धिजिवी उमेशलाल दासले बताउनु भयो । पारजित हुनेहरु इतर एवम नेता कृष्ण सिटौला पक्षधरका रहनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content