लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सडक नाटक

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 749 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । घरबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराकासाथ शुरु भएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आईतबार १० औ दिन सडक नाटक सम्पन्न भएको छ । निजगढ नगरपालिका लगायत बाराका सबै पालिकाहरुले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै आएका छन् ।

निजगढ नगरपालिकाले आईतबार जनचेतनामुलक सडक नाटक निजगढ बजार स्थित बुद्ध चौकमा निजगढ नगर बाल सञ्जालका विद्यार्थिहरुले प्रदर्शन गरेका हुन । मंसिर ९ बाट शुरु भएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियान यस अघि प्रभातफेरी हस्ताक्षर अभियान लगायत विभिन्न कार्यक्रम सम्पन्न भई सकेको छ । बुहारी माथि महिला हिसा बढी हुदै आएको सडक नाटकमा देखाईएको थियो । सडक नाटक कार्यक्रमलाई प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले सम्बोधन गर्दै सबै किसिमको हिंसा अन्त्य गर्नु सबैको प्रयास हुनु पर्ने बताउनु भएको छ ।

उहाँले महिला हिंसाका घटना समाजमा भए निजगढ नगरपालिका वडा कार्यालय र प्रहरीमा उजुरी गर्न समेत आग्रह गरे । कार्यक्रमको सञ्चालन एवब सहजिकरण रोजी श्रेष्ठले गरेकी थिईन ।

शेयर
प्रतिक्रिया
Skip to content