निजगढ नगरको खानेपानीमा निशुल्क, भुक्तानी भयो श्रावणदेखिकै करिब ८१ लाख

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.8k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाले गएको साउनदेखिनै १० हजार लिटरसम्म खानेपानी उपभोग गरे बापतको न्युनतम शुल्क निशुल्क गर्ने महत्वकाक्षी योजना शुरु गरेको छ । यस आर्थिक बर्षदेखि लागु हुने गरी निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले निजगढमा रहेका खानेपानी संस्थाहरुलाई आज एक कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरेका हुन् ।

निजगढ सरसफाई तथा खानेपानी उपभोक्ता संस्था निजगढ–९ का लागि ५८ लाख ८१ हजार दुई सय बराबरको चेक हस्तान्तरण भएको हो । रतनपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आठ लाख ७४ हजार आठ सय , खानेपानी तथा सरसफाई उपभोक्ता समिति सिगौल निजगढ २ र ३ लाई चार लाख ६० हजार आठ सय बराबरको चेक हस्तान्तरण भएको हो ।

त्यसैगरी अटल बस्ती खानेपानी उपभोक्ता समिति निजगढ २ लाई एक लाख आठ सय, सिगौल ब्रहमबाबा खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति निजगढ १ र ३ लाई दुई लाख ८६ हजार आठ सय र लाल खानेपानी उपभोक्ता समुह निजगढ १० लाई चार लाख ५७ हजार दुई सय बराबरको चेक हस्तान्तरण भएको हो । नगरपालिकाले नगरका खानेपानी उपभोक्ताहरुको एक बर्षमा आउने न्युनतम शुल्क रकम एकै पटक ८० लाख ६१ हजार छ सय रकम भुक्तानी गरेको हो । चेक वितरण कार्यक्रममा निजगढ क्षेत्रका सबै खानेपानी समितिका अध्यक्ष पदाधिकारीहरुको उपस्थिति रहेको थियो । साउनदेखिकै रकम भुक्तानी नगरपालिकाले गरेपछि न्युनतम शुल्क बराबरको तिरी सकेको सम्बन्धित उपभोक्ताको खातामा जम्मा गर्ने निजगढ ९ का खानेपानी समितिका अध्यक्ष सुदर्शन कोईरालाले बताए ।

निजगढ खानेपानी उपभोक्ता समितिका पुर्व अध्यक्ष समेत रहेका नगरप्रमुख खनालकै योजनामा सबैलाई निजगढमा न्युनतम शुल्क मिनाहा गर्ने महत्वकाक्षी योजनाले बिशेषगरी साना उपभोक्ताहरुलाई धेरै फाईदा पुराएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले बताउनु भयो ।

जनतालाई स्वच्छ खानेपानी प्रदान गर्दै न्युनतम शुल्क रकम नगरपालिकाले उपलब्ध गराउने पालिकाको निर्णयले आम जनतामा खुशी थपेको स्थानीयहरुले बताएका छन् । नगरप्रमुख खनालले जनताको समस्या र चाहनालाई ध्यानमा राखेर १० हजार लिटरसम्म खानेपानी उपयोग गरेबापतको न्युनतम शुल्क निशुल्क छुट दिइने कार्यक्रम ल्याउदा सबैको सहयोग पाएको खनालले बताउनु भएको छ ।  आफु खानेपानी समितिको अध्यक्ष हुदाखेरीनै निशुल्क गर्ने प्रयास गरेपनि हाल नगरप्रमुख भएपछि सम्भब भएको खनालले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content