नेपाली काग्रेसको महाधिबेशनमा बाराबाट तीन सहमहामन्त्री पदमा सहित पाँचको उम्मेदबारी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाण्डौ । नेपाली काग्रेसको १४ औ महाधिबेशनमा बाराबाट तीन जना नेता सहमहामन्त्री पदमासहित पाँच जनाले उम्मेदबारी दिने भएका छन् ।

तीनै नेताले उम्मेदवारी फारम भरेर उम्मेदबारी गर्ने तयारीमा छन् । बाराबाट खानेपानी मन्त्री एवम केन्द्रिय सदस्य उमाकान्त चौधरी थारु कोटामा सहमहामन्त्री, केन्द्रिय सदस्य एवम पुर्व मन्त्री फर्मुला मंसुर मुस्लीम कोटामा सहमहामन्त्री, र केन्द्रिय सदस्य राधेचन्द्र यादब मधेसी कोटाबाट सहमहामन्त्री लड्न लागेका हुन ।

मंसुर र यादब र चौधरी संस्थापन देउवा समूहबाट सहमहामन्त्री लड्न लागेका हुन । आज शनिबार उम्मेदबारी दर्ता कार्यक्रम रहेको छ । मंसुरले लामो समयदेखि चुनावी प्रचारमा छन भने चौधरी केही दिन अघि देखि चुनावी अभियानमा छन् । यादबले भने संस्थापन देउवा समूहले टिकट दिएपछिमात्र चुनावी अभियान तिब्र पार्ने जनाएका छन् ।

यस बाहेक बाराबाट दलित कोटामा कलाबती पासवान र आदीवासी जनजाती कोटाबाट अमिर मोक्तानले केन्द्रिय सदस्यमा उम्मेदबारी दिने भन्दै प्रचार अभियानलाई तिब्र पारेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content