निजगढ । लायन्स क्लव अफ निजगढ सिटी , लायन्स क्लब अफ निजगढ युथ, निजगढ नपा वडा नं. ६, निजगढ नपा स्वास्थ्य शाखा लगायतको संघ सस्थाको आयोजनामामा दुई दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
निजगढ–६, सडकटोलको गौरीशंकर माध्यामिक विद्यालयको प्राङ्गणमा मंसिर २४ र २५ गते सम्पन्न शिविरमा ८२० जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
क्लबका प्रेसिडेन्ट मणिश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिकाका उपमेयर लिला देवि लामिछानेले शिविरबाट फाईदा लिन सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि डिस्ट्रिक को–चिफ एडभाइजर लायन शम्भु बहादुर थापा, विशिष्ठ अतिथि वडा नं.४ का वडा अध्यक्ष जयराम कुमर लगायतले शुभकामना ब्यप्त गर्नु भयो । शिविरमा काठमाण्डौ, भरतपुर, जनकपुर, वीरगन्जका सबै प्रकारका डाक्टर तथा विशेषज्ञहरुले स्वास्थ्य उपचार गरेका थिए ।
बृहत स्वास्थ्य शिविरमा ३५७ जनाले भिडियो एक्सरे, १२८ जनाले ल्याब परीक्षण, ३९ जनाले एक्सरे , औषधि वितरण गरिएको थियो । बृहत स्वास्थ्य शिविरमा सो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा , प्रधानाध्यापक यादब तिमल्सिना, एमाले निजगढका नेता थानेश्वर सापकोटा, पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, पत्रकार गोकुल घोरसाईने, निजगढ नपा स्वास्थ्य शाखाकी रामप्यारी तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन खड्ग उप्रेतीले गरेका थिए ।