निजगढ । नेपाली काग्रेसको १४ महाधिबेशन अन्र्तगत भईरहेको मत गणना चलिरहेको छ । काग्रेस बाराका दुई हस्ती मानिएका सिचाईमन्त्री उमाकान्त चौधरी र पुर्वमन्त्री फर्मुला मंसुरको आज भाग्यको फैसला हुने भएको छ । आज नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना चलिरहेको छ।
कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् । बाँकी रहेका मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खसआर्य तर्फका सहमहामन्त्रीका लागि आज मत गणना गरिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । बाराका नेपाली काग्रेसका हस्ती मुस्लिमतर्फ फमुल्लाह मन्सुर उम्मेदबार छन् भने बाराका नेपाली काग्रेसका अर्का हस्ती थारूतर्फ उमाकान्त चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ ।
मंसुरको प्रतिस्पर्धि शेख वकिल छन भने चौधरीको तेजुलाल चौधरी छन् । यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भई सकेका छन् ।
सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो ।