काग्रेस बाराका दुई हस्तीको भाग्योदय बने केन्द्रिय सहमहामन्त्री, जीवनी सहित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 801 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

निजगढ । काग्रेस बाराका दुई हस्ती मानिएका सिचाईमन्त्री उमाकान्त चौधरी र पुर्वमन्त्री फर्मुला मंसुरको भाग्यको उदय भएको छ । आज नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाराका दुवै कागे्रसका हस्ती सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्रीमा बिजयी भएका हुन ।

कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर मध्ये मुस्लिम, र थारू क्लस्टरबाट दुवै नेताहरु सहमहामन्त्रीमा चुनिएका हुन । शुक्रबार सकिएको मतगणनामा तेजुलाल चौधरीलाई ठुलो अन्तरले पराजित गर्दै उमाकान्त चौधरी निर्वाचित भएका हुन । उमाकान्त चौधरीले २६७८ पाए भने तेजुलाल चौधरीले १८३७ मत पाएका छन् । कुल ४६८७ मत खसेको थियो ।

मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह मंसुरपनि ठुलो अन्तरले निर्वाचित भएका छन् । फरमुल्लाह मंसुरले २७७६ मत ल्‍याए भने शेखले १८७१ मत पाए । कुल मत ४६९५ खसेको थियो भने ४८ मत बदर भएको थियो ।

को हुन उमाकान्त चौधरी ?

उमाकान्त चौधरी नेपाली काङ्ग्रेस, केन्द्रीय कार्यसमितिका सदस्य बारा क्षेत्र नं. १ बाट २०५६,२०६४ र २०७४ मा गरी तीन पटक पटक निर्वाचित सभासद हुनुहुन्छ। दुई पटक केन्द्रिय सदस्यमा निर्वाचित चौधरी पार्टीको मधेश विभाग प्रमुख समेत भई सकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट बोटानीमा स्नातकोत्तर गरेका चौधरीको रुचि अध्ययनमा छ र उहाँका थुप्रै लेख(रचना विभिन्न पत्रत्रिकामा प्रकाशित हुँदै आएका छन्। उहाँ तीन छोरी र एक छोराका पिता हुनुहुन्छ।

उमाकान्त चौधरीको राजनीतिक जीवन २०३६ सालमा विद्यार्थी आन्दोलनबाट शुरु भएको हो। पञ्चायत विरोधी आन्दोलन र लोकतन्त्र स्थापनाको आन्दोलनमा लाग्दा उहाँले पटक–पटक गरी १५ महिना जेल–जीवन बिताउनु भएको छ। ने.वि.संघको केन्द्रीय सदस्य, तरुण दलको केन्द्रीय सदस्य र त्रिविवि स्ववियुको उपाध्यक्ष रहिसकेका चौधरी २०५९ सालमा कृषि तथा सहकारी सहायक मन्त्रीको जिम्मेदारी समेत वहन गरिसक्नुभएको छ भने २०६८ मा स्वास्थ्य मन्त्री समेत भई सक्नु भएको छ ।

उहाँ जनतासँगको निकट सम्बन्ध र मधेश आन्दोलनका वेला मधेशी जनतालाई अधिकार दिलाउन खेलेको भूमिकाको कारण आफू संविधानसभामा चुनिएको ठान्नुहुन्छ। सङ्घीय गणतान्त्रिक लोकतन्त्र र समावेशी लोकतन्त्रको मुद्दालाई संविधानसभामा प्रमुखता साथ उठान गर्दै आएका चौधरी यस पटक नेपाली काग्रेसको १४ महाधिबेशनमा सहमहामन्त्रीमा बिजयी भएका हुन ।

 

को हुन फर्मुला मंसुर ?

सानैदेखि कांग्रेसप्रति आकर्षित बन्न पुगेका मंसुर २०२६ तिर स्कुल पढ्दै गर्दा नेविसंघको राजनीतिक कार्यक्रममा हिँड्न थालेका हुन ।

१६ वर्षको उमेरमा २०२७ मा पहिलोपटक नेविसंघको सदस्यता लिएका मंसुर सोही वर्ष नेपाली कांग्रेसको जिल्ला कमिटीको सदस्य बनेका हुन । २०२८ सालमा नेपाली कांग्रेसको सदस्यता भारतको पटना पुगेर बिपी कोइरालालाई भेटेरै सदस्यता लिएका मंसुर सादा जीवनका हुनुहुन्छ । बिपीले नेपाली काग्रेसमा लागेपछि मृत्यु पनि हुन सक्छ भन्दा मुत्यु पनि स्वीकार गर्छु’ भन्दै सदस्यता लिएँको मंसुरले बताउनु भएको छ ।

राजनीतिक यात्रामा पाँच पटकसम्म जेल परेका मंसुर करिब तीन वर्ष भारतमा निर्वासित जीवन बिताउन बाध्य भएँ। ०३४ देखि ०३६ सालमा बारा जिल्ला नेपाली कांग्रेसको कार्यसमितिका सह–सचिव भएका मंसुरले २०३७ देखि ०४८ सालसम्म पार्टीको सचिब भएर काम गरेका हुन । ०४८ र ०५७ गरी दुई पटक जिल्ला सभापति बनेका मंसुर एकपछि अर्को छलाग मार्दै आएका छन् ।

०५७ सालमा भएको पार्टीको पोखराको महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य बन्न सफल भएका हुन । नेपाली काग्रेसको बोर्ड सदस्य, २०७० देखि २०७४ सम्म र पार्टीको मुस्लिम विभागको संयोजक समेत भई सकेका मंसुर २०५६, २०७० गरी तीन पटक बारा निर्वाचन क्षेत्र नं. ४ र ३ बाट सभासदमा विजयी भई सकेका छन् । २०६४ मा विज्ञान प्रविधि तथा वातावरणमन्त्री र २०७४ मा श्रम तथा रोजगार मन्त्री समेत भईसकेका छन् ।

०५७ सालदेखि अहिलेसम्म अर्थात् २१ वर्षदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य रहेका मंसुर यसपालि मुस्लिम कोटाबाट सहमहामन्त्री बन्नु भएको हो ।

हालसम्म गुटका हिसाबले पदाधिकारीमा कोको बिजयी भए

देउवा पक्ष– ८

सभापति, शेरबहादुर देउवा
उपसभापति, पूर्णबहादुर खड्का
सहमहामन्त्री, किशोरसिंह राठौर
सहमहामन्त्री, उमाकान्त चौधरी
सहमहामन्त्री, महेन्द्र यादव
सहमहामन्त्री, फर्मूल्लाहा मन्सुर
सहमहामन्त्री, भीष्मराज आङदम्बे
सहमहामन्त्री, डीना उपाध्याय

कोइराला पक्ष(४

उपसभापति, धनराज गुरुङ
महामन्त्री, गगन थापा
सहमहामन्त्री, बद्री पाण्डे
सहमहामन्त्री, जीवन परियार

सिंह पक्ष  १

महामन्त्री, विश्वप्रकाश शर्मा

शेयर
प्रतिक्रिया
Skip to content