काँग्रेसको प्रदेश २ अधिवेशन पुस ६ र ७ गते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 567 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाली काँग्रेसले प्रदेश नं. २ को प्रथम अधिवेशन यही पुस ६ र ७ गते गर्ने भएको छ । केन्द्रिय महाधिबेशन सम्पन्न गरेको काँग्रेसले प्रदेश २ मा भने सर्लाहीमा वडा अधिवेशननै नभएका कारण अधिवेशन स्थगित गरेको थियो ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते जनकपुरधाममा गर्ने निर्णय गरेको निर्वाचन समिति सदस्य सीताराम केसीले जनाए । काँग्रेसको १४ औ महाधिवेशन सम्पन्न भएसँगै प्रदेश २ को अधिवेशनको मिति टुंगो लागेको हो । उद्धघाटन कार्यक्रम सम्पन्न गरेको प्रदेश काग्रेसले अब निर्वाचनको कार्यक्रम अघि बढाउनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content