निजगढ । प्रहरीले पक्राउ गरेको अबैध लागूऔषध गाँजा तस्करलाई सात लाख रकम लिई पक्राउ परेकाहरु छाडेको भनिएका एक कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२ रामथलीका ३० वर्षीय सोमबहादुर थिङ रहेको र उनलाई मकवानपुरको नामटारबाट पक्राउ गरिएको हो ।
प्रहरीले खोजीको सुचीमा राखेपछि उनी फरार हुदै आएका थिए । छ महीनाअघि रतनपुरी अस्थायी प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक शम्भु प्रसाद यादवले गाँजा तस्करसँग सात लाख रुपैयाँ बार्गेनिङ गरी छोडिदिएको आरोपमा प्रहरीले खोजीको सुचीमा राख्दै आएको हो ।
पक्राउ परेका थिङलाई मकवानपुर प्रहरीले शनिवार बारा प्रहरीलाई बुझाएको छ । पक्राउ परेका थिङले रतनपुर अस्थायी प्रहरी चौकीका तत्कालीन इन्चार्ज यादवले आफूसँग घटनास्थलमा सात लाख रकम माग गरेको र उक्त रकम दिन नसक्ने भनेपछि अढाई लाख रुपैयाँ भोलि दिने सहमतिमा गाँजा लोड अटो नियन्त्रणमा लिई आफूलाई छोडिदिएको बताएका थिए ।
त्यस रात घटनास्थलमा दिनेश लामाले चलाएको मोटरसाइकलको पछाडि बस्ने मलाई चाहिं प्रहरीले नियन्त्रणमा लिई हतकडी लगाउने तर दिनेशलाई भने प्रहरीले केही नगरी छोडि दिएको अभियुक्त थिङले फरार हुनु अघि बताएका थिए । सो घटना बारे जानकारी पाएसगै जिल्ला प्रहरी कार्यालय, बाराले प्रहरी निरीक्षक भरत अधिकारीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान तथा छानबीन टोली गठन गरी अनुसन्धान शुरू गरेको थियो ।
तर घटनामा संलग्न चारैजना प्रहरीसँग सम्पर्कविहीन भएपछि अनुसन्धानले पूर्णता पाउन सकेको थिएन । घटनाबारे तत्कालीन इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद यादवले भने उक्त आरोप निराधार भएको बताउदै आएका छन् । घटनामा प्रहरीले बार्गेनिङ गरेको आरोपलागेका रतनपुर अस्थायी प्रहरी चौकीका इन्चार्ज यादवलाई तीन दिनपछि जिल्ला प्रहरी कार्यालय बारामा तानिएको थिए ।
६० किलो गाँजा, अटो , मोटरसाइकल प्रहरीले त्यसै बेला नियन्त्रणमा लिए पनि पक्राउ परेकाहरु भने फरार भएको प्रहरीले बताएको थियो । अभियुक्त थिङ पक्राउ परेपछि सो छानविनले पुर्णता पाउने आशा गरिएको छ ।
उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन भएपनि घर र उनीहरू बस्ने सम्भावित स्थानहरूमा खोजतलाश गर्दा समेत फेला परेका थिएनन । प्रहरीले उनीहरूको खोजी गर्ने क्रममा ५÷७ स्थानमा छापामारी गरेको र यस क्रममा अभियुक्त दिनेश लामाले चढ्दै आएको पल्सर मोटरसाइकल तीन महीनाअघि नियन्त्रणमा लिन सकेको इप्रका, निजगढका प्रहरी निरीक्षक शड्ढर चौधरीले जानकारी दिए ।
बारामा सवारीसाधनको सहजता भएपनि प्रहरीले अबैध मानिएको गाजा खेती पाकिसकेपछि मात्र फडानी गर्ने गरेको र गाजा खेती गर्ने र ढुवानी गर्नेहरुसग मिलोमतोमा रकम लिएर छुट दिएकै कारण गाँजा उन्मुलन हुन नसकेको स्थानीयले आरोप लगाउदै आएका छन् ।
यस घटनाले पनि स्थानीयको प्रहरी मिलोमतोमै गाजा खेती र तस्करी ओसारपसार हुने गरेको आरोपलाई बल पुग्ने बताएका छन् । छानविन समितिले कसरी काम गर्छ र दोषी कसरी कार्वाहीमा पर्छन हेर्र्न बाँकी रहेको बताईएको छ ।