निजगढ । महिलाहरु मात्र रहेको समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्था निजगढले शुरु गरेको निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभएकोछ ।
गार्मेन्ट उद्योग संचालनमा ल्याएको सहकारीले गार्मेन्टको सोमबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगरप्रमुख सुरेश खनालले गार्मेन्ट उद्योग मार्फत नगर भित्र रोजगारीको अवसर सृजना भएको बताउनु भएको छ ।
उहाँले नगरपालिकाले समेत उद्योग संचालनकै लागी सहकारीलाई आर्थिक सहयोग समेत उपलब्ध गराएको बताउनु भयो । शिप र क्षमताको स्तरोन्नति गराउंदै प्रोत्साहन स्वरूप नगरपालिकाले अन्य सहकारीहरूलाई पनि आवश्यकताको आधारमा सहयोग गरेको बताउनु भयो ।
नगरप्रमुख खनालले सहकारीहरूले सहकारीमा आबद्ध भएकाहरुलाई रोजगार मूलक र आर्थिक उपार्जन हुने खालका योजनाहरु संचालन गर्न आग्रह गर्नुभयो । निजगढको लिचिटोलमा स्थापित गार्मेन्ट उद्योगको शुरुवाती लागत २० लाख रुपैंया रहेको जनाईएको छ ।
गार्मेन्ट उद्योगमा अहिले ६ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको सहकारीकी अध्यक्ष कल्पना खरेलले बताउनुभयो । कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की, वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामा, वडा नम्बर १० का वडाअध्यक्ष पदम बहादुर मोक्तान, स्थानीय महिला समाजसेवी माला लामा,नेपाली काग्रेस निजगढका नगरसभापति नवराज तिमल्सिना लगायतको सहभागित रहेको थियो ।