निजगढमा डिजिटल एक्स रे मेशिन र सुपथ मुल्यको औषधि पसल संचालन हुने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा डिजिटल एक्स रे मेशिन संचालन ल्याउने र सुपथ मुल्यको औषधि पसल संचालन गर्ने निर्णय गरेको छ । निजगढ नगरपालिका मातहतमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा निजगढ नगरपालिका आफैले खरिद गरेको आधुनिक प्रविधिको डिजिटल मेशिन संचालनको व्यवस्था मिलाईएको नगरप्रमुख सुरेश कुमार खनालले बताउनु भएको छ ।

नगरपालिकाको कार्यपालिका बैठकले एक्स रे सेवा सुविधाको लागि ३ सय रुपैंया शुल्क निर्धारण समेत गरेको नगरप्रमुख खनालले बताउनुभयो ।

यस अघि रु ५०० लाग्दै आएको थियो । स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाई सर्वसाधारणलाई सेवा पुराउन नगरको तर्फबाट कुनै कसर बाँकी नराख्ने नगरप्रमुख खनालले बताउनु भयो । उहाँले सर्वसाधारणका लागि औषधी खरिदमा मनपरी रोकी सहुलियत प्रदान गर्न निजि क्षेत्रबाट सुपथ मुल्यको औषधि पसल नगरपालिकाले संचालन गर्न लागेको समेत बताउनु भयो ।

निजी क्षेत्रको ब्यबस्थापनमा सञ्चालन गर्ने गरी सुपथ मुल्यको औषधि पसल संचालनका लागि खुल्ला प्रस्ताव आह्वान गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । स्वास्थ्य केन्द्रमा उपचार गराउनको लागि जाने सेवाग्राहीहरुलाई सुपथ मुल्यमा आवश्यक औषधि उपलब्ध गराउनको लागि निजि क्षेत्रको माध्यमबाट सेवा उपलब्ध गराउने खनालले जनाउनुभयो ।

नगर अस्पतालको रुपमा स्तरोन्नति हुन लागेको स्वास्थ्य केन्द्रमा नगरपालिकाले आधुनिक ल्याब संचालनमा ल्याएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content