एकै दिनमा ४० लाखको लखपति बनेका दम्पतिको अर्को दिन खाता रित्तीयो

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 594 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । एकै दिनमा ४० लाखको लखपति बनेका बारा निजगढ ५ खोल्माटोलका एक दम्पतिको अर्को दिन खाता रित्तिएको थाहानै पाएनन ।

सामान्य कृषक रहेका विकास न्यौपाने र सुनिता न्यौपाने दम्पतीलाई एक्कासी ४० लाख कोरोना चिट्ठा रकम परेपछि खुसीको सिमा रहेन । पशु पालनका लागि लिएको २० लाख रकम बैकको क्रण तिर्न सकस भईरहेको समयमा यती ठुलो चिट्ठा रकम परेपछि खुसी नहुने पनि कुरो भएन । त्रृण तिरेर पनि २० लाख बाँच्ने भयो भनेपछि न्यौपाने दम्पतीले बाँकी रहेको रकमबाट गाडी किन्ने र अन्य के के गर्ने भनेर सपना बुन्दै गए । उनीहरुको सपना बुनेको एक दिन बित्न नपाउदै खुसीको सिमा टिक्न पाएन । एक दिन बित्न नपाउदै खातामा रहेको सबै रकम सक्किएपछि उनीहरु एकै पटक निरास मात्र हैन रातो पिरो भए ।

एक दिना अघि हवाटस एपबाट चिट्ठा पुरस्कार परेको भनेर म्यासेन्जर कल आएको न्यौपाने दम्पतीले उनीहरुले भनेझै खाता नं. र पिन कोड दिएपछि खाताबाट रकम चोरी भएको थाहा पाए । धन्य खातामा केबल रु ५९२० मात्र भएका कारण त्यती मात्र चोरी भयो । धेरै भएको भए त सबै जाने रहेछ पति विकास न्यौपानेले बताए । बिहीबार साझँ आएको हवाटस एप कल पछि के के सपना बुनेको भएपनि सचेत हुन नसकेको कारण खाताको सबै रकम चोरी भयो न्यौपानेले बताए ।

घटना विवरण अनुसार विहीबार आफनो मोबाईलमा हवाटस एप नं.+919708503455 बाट चिट्ठा परेको भन्दै फोन आएको र चोरी भएपछि बैकमा शुक्रबार गई बुझदा सञ्जय राई धनकुटा भन्ने ब्यक्तीको एनआईसि एसिया बैकको खातामा रकम ट्रान्सफर भएको फेला परेको छ । ४० लाख लक्की ड्र कोरोना चिट्ठा परेको भन्दै खाता नं. मागेका ब्यक्तीले हिन्दी भाषामा बोलेर मागेको पत्नी सुनिता न्यौपानेले बताईन । जानकारी नभएका कारण हाम्रो त रकम चोरी भयो अरुको पनि चोरी नहोस भन्दै न्यौपाने दम्पतीले भने अहिले सामाजिक सञ्जाल हवाट्स, फेसबुक, भाईबरबाट चिट्ठा परेको भन्दै फोन गरी ठग्ने गिरोह अत्यधिक रहेछ । यस्ता बाट सबै सचेत हुन जरुरी रहेको बताउदै हामी फसेपनि अरु नफसुन बैकमा भेटिएका दम्पतिले बताए ।

कृषि विकास बैक निजगढ शाखाका प्रबन्धक दिपक श्रेष्ठले बैकमा निबेदन दिएको र निबेदन केन्द्रिय कार्यालयमा पठाईएको बताउदै केन्द्रबाटनै कार्वाहीको लागि पत्राचार हुने बताउनु भयो । खाता धनीकै गल्तीका कारण रकम चोरी भएको बताउदै श्रेष्ठले यस्ता घटनाबाट सबै सचेत हुनु पर्ने बताउनु भयो । खाताको नं. परिवर्तन लगायत सुरक्षाका अन्य उपाय भने शाखाबाटै भई सकेको उहाँले बताए ।

सामाजिक सञ्जाल मार्फत चिट्ठा परेको भन्दै ठग्ने गिरोह बढ्दै गएको र केही घटनामा उजुरी समेत गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शकंर चौधरीले बताए । नचिनेको मान्छेबाट आएको कल नउठाउन र चिट्ठाको पछि नलाग्न उनले आग्रह गरे ।

यसरी सामाजिक सञ्जाल हवाट्स, फेसबुकबाट चिट्ठा परेको भन्दै ठग्ने क्रम बढदो

शेयर
प्रतिक्रिया
Skip to content