धर्म संस्कृति संरक्षणमा सबैको सहयोग हुनु पर्छ – नगरप्रमुख खनाल

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । हिन्दु धर्म संस्कृति संरक्षणमा सबैको सहयोग हुनु पर्ने निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले बताउनु भएको छ ।

बाराको निजगढ नगरपालिका वडा नं. ५ श्री रामजानकी मन्दिर समीको रुखमा आयोजित एकहप्ते श्री विष्णु पुराण तथा भागवत महायज्ञको उद्धघाटन गर्दै नगर प्रमुख खनालले सो कुरा बताउनु भएको हो । उहाँले अहिले हिन्दु धर्म लोप हुदै गएको अबस्थामा सबैले संरक्षणका लागि सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो ।

मन्दिरको भोगमा रहेको यस जग्गाको विवादको चाडै समाधान गर्ने बताउदै यस हिन्दु धर्म उत्थानका लागि सक्दो सहयो गर्ने खनालले बताउनु भयो ।

बैष्णव परिषद बाराको आयोजनामा आजबाट शुरु भएको एकहप्ते श्री विष्णु पुराण तथा भागवत महायज्ञमा निजगढ वडा नं. ५ का वडाअध्यक्ष थल प्रसाद गौतम, एमालेका सुरथ पुरी, नेपाली काग्रेस निजगढका सचिब मधु तिमल्सिना, राप्रपा निजगढका अध्यक्ष खड्ग उप्रेती, कृष्ण प्रसाद बन्जारा लगायतले महायज्ञको शुभकामना ब्यप्त गरेका थिए ।

बैष्णव परिषद नेपाल जिल्ला कार्य समिति बाराका अध्यक्ष झम्कप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रमको सहजिकरण सहदेब गौतमले गरेका थिए ।

उद्धघाटन कार्यक्रम अघि कलश यात्रा गरी नगर परिक्रमा गरिएको थियो । एकहप्ते श्री विष्णु पुराण तथा भागवत महायज्ञको कथावाचक पण्डित रामप्रपन्न स्वामी रहेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content