बारा । नेपाली कांग्रेस बाराको जिल्ला अधिबेशन पुस २७ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा पुस २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेसगै बारामा पनि हुने भएको हो ।
बारामा कांग्रेस सभापति पदका लागि त्रिपक्षीय लडाई हुने भएको छ । सभापति पदका लागि कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादब, संगठन विभाग प्रमुख शम्भु बहादुर बुढाथोकी र यस अघि पनि सभापतिका दाबेदार रामानन्द यादबबिच प्रतिस्पर्धा हुने देखिएको हो । तीनै उम्मेदबारले औपचारिकरुपमा उम्मेदबारी दर्ता गरी नसकेपनि मतदाताहरुसग मत माग्न थालिसकेका छन् ।
नगरप्रमुख राजेशराय यादब संस्थापन देउवा निकट मानिएका पुर्व केन्द्रिय सदस्य राधेचन्द्र यादबका उम्मेदबार हुन भने संस्थापन देउवा निकट समुहबाटै संगठन विभाग प्रमुख शम्भु बहादुर बुढाथोकी पनि उम्मेदबार बनेका छन् । यस अघि नवनिर्वाचित सहमहामन्त्री तथा पुर्व मन्त्री फर्मुला मंसुरका उम्मेदबार भनेर परिचित बर्तमान सभापति जयचन्द्र चौरसिया महासमितिमा पराजित भएपछि मंसुरले कसलाई समर्थन गर्छन भन्ने ऐकिन भईसकेको छैन । यद्यपी बुढाथोकीनै सहमहामन्त्री मंसुरको उम्मेदबार हुने चर्चा पनि छ ।
यता अर्का सहमहामन्त्री एवम सिचाई मन्त्री उमाकान्त चौधरीको पहिलेदेखिनै रामानन्द यादबलाई समर्थन गर्दै आएका छन् । त्रिपक्षीय लडाई भए बारामा ५१ प्रतिशत पुराउन कसैलेपनि नसक्ने र दोश्रो चरणको निर्वाचनमा बलियो देखिएका दुई मध्ये निर्वाचन हुने काग्रेस बाराका एक सदस्यले बताए । माथिको लाईन र निर्देशन आई नसकेको हुदा संस्थापन पक्षको उम्मेदबार एक हुन्छ की दुई केही दिनमा खुल्नेछ ।